लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि भइरहेको मतदानमा हालसम्म २९७ वटा मत खसेको छ। जम्मा ३ सय मतदातामा अहिलेसम्म २९७ मत खसेको छ भने ३ जना अनुपस्थित रहेका छन्।
उपनिर्वाचनमा मुख्यमन्त्री शङ्कर पोख्रेलले पहिलो मतदान गरेर शुरुवात गरेका थिए। प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकिने छ।
आजै साढे ३ बजेदेखि मत गणना सुरु हुने छ भने मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने छ।
प्रकाशित: १७ जेष्ठ २०७८ ०८:५४ सोमबार