१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

वीरगन्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

मंगलावर वीरगन्ज १० माइस्थान–घडिअर्वा मार्गमा रहेको दुर्गामन्दीरको प्राँगणमा समाजका केन्दीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्य र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिती गठन भएको समितिका सचिव डा.चन्दन बेनर्जीले जानकारी दिए।

४ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार सय तोकिएको छ।

एनआरएनए अध्यक्षमा तीनजनाको उम्मेदवारी

एनआरएनएको विधानमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भए पनि राजनीतिक विचारधाराका आधारमा प्यानल बन्ने देखिएको छ।

सामसुङ ग्यालेक्सी एम ५२ पाइभजी नेपालमा

सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी एम ५२ पाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन सामसुङको शक्तिशाली एम सिरिजअन्तर्गत नयाँ फोन हो।

नेपाल ल्युब आयलको साधारणसभा

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।हाल विद्यमान कोभिड–१९ महामारीका बाबजुद कम्पनीले उल्लेखनीय वृद्धि गर्नुका साथै लाभांश पारित गरेको छ।

विदेशमा ऋण लिन चाहनेलाई नेपाली बैंकले ग्यारेन्टी दिने

सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ। नेपाली बैंकले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो।

गैरआवासीय नेपाली संघमा अध्यक्षका प्रत्यासी केसीले सार्वजनिक गरे नौ बुँदे प्रतिवद्धता(पत्रसहित)

संघका वर्तमान उपाध्यक्षसमेत रहेका केसीले संस्थाका हरेक गतिविधिमा रहँदै आएको जनाउँदै सो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। उनले आफूले अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको जनाउँदै सो अनुभवलाई प्रयोग गरी संगठनलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे।

महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ: डा.महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन्।

एमाले नाराबाजी मात्र गर्छ, जवाफ सुन्न चाहँदैन : बडु

संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनको भनाइ छ।

नेपालगन्जमा एक युवकको हत्या

मन्दिर छेउको खाली जमिनमा मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो।

क्रिकेट मैदानको दुर्दशा

खेलाडीको एउटै मात्र गुनासो छ, ‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन। मैदान र पिच मर्मतको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रूपैयाँ पठाइदियो। तारजाली लगाई मैदान संरक्षण गरियो।

नेपाल टेलिकमको चाडपर्व लक्षित अफर

डाटा प्याकअन्तर्गत दुई सय ९४ मा २० जिबी डाटा १० दिनभित्र र ९८ मा ६ जिबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिनेछ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबिपिएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

बंगलादेश क्यापिटलको साधारणसभा

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असारमा समाप्त भएको वर्षको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७/७८ को नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।

मन्त्रिपरिषद् पूर्ण बनाउन प्रधानमन्त्री देउवालाई दबाब

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन, सिंगो मुलुकलाई नोक्सान हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्