६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

४ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  ४ सयले  घटेको छ। छापावाल सुन मङ्गलबार प्रतितोला ९० हजार ३ सयमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला  ८९ हजार सय तोकिएको छ। त्यस्तै तेजाबी सुन आज प्रतितोला  ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला  ८९ हजार ८५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ। यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो। मङ्गलबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ।

अन्तररार्ष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। रासस

प्रकाशित: २० आश्विन २०७८ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App