१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीरगन्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुको एउटा भेलाबाट यहाँ नेपाल राष्ट्रिय बंगाली समाज गठन भएको छ। मंगलावर वीरगन्ज १० माइस्थान–घडिअर्वा मार्गमा रहेको दुर्गामन्दीरको प्राँगणमा समाजका केन्दीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्य र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिती गठन भएको समितिका सचिव डा.चन्दन बेनर्जीले जानकारी दिए।  

ब्यवसायि संदीप बेनर्जीको अध्यक्षतमा गठन भएको समितका उपाध्यक्ष कुशल गोहो ठाकुर, कल्पना दास अर्का सचिव दिलिप राउत र कोषाध्यक्ष रेणु राउत रहेका छन्। त्यसै गरी सदस्यहरुमा मिहिरचन्द्र अधिकारी, डा. गोबिन्दकुमार साह, मोहनकुमार मण्डल, कृष्णकुमार दास, अमरदीप सरकार, रुद्र हल्दर, सुमना बेनर्जी र निलोय मजमुदार रहेका छन्।  

नेपालमा लखौंको संख्यामा बंगालीभाषीहरु पुस्तौंदेखि बसोवास गरे पनि संगठित नभएको कारण बेग्लै पहिचान स्थापित हुन नसकेको केन्द्रीय अध्यक्ष सरकारले बताए। राष्ट्रिय जनगणना २०७८ मा आफ्नो थर मात्र उल्लेख नगरेर समुदायको रुपमा बंगाली लेख्न आफुहरुले नेपाली बंगालीहरुलाई अह्वान गरेको उनले जनाए। संगठित भएपछि अल्पसंख्यको रुपमा आफूहरुको पहचिान, भाषा र संस्कृतिको जगेर्नामा मद्दत मिल्ने बैठकका सहभागिहरुको प्रतिक्रिया थियो।  

प्रकाशित: २० आश्विन २०७८ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App