coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले नाराबाजी मात्र गर्छ, जवाफ सुन्न चाहँदैन : बडु

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरेपनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन्।  

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नारामा विभिन्न विषयको उठान गरेको भएपनि त्यसको जवाफ सुन्न तयार नभएको बर्ताका हुन्। सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधिसभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरु सुन्न तयार नभएको उनले बताए।  

संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनको भनाइ छ। संसद खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने बताउँदै उनले भने। ‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ। संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधिसभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनुभएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न। सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए। जे जे नारा दिनुभएको छ पर्याप्त छ। अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ।’

उनले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रुपमा अगाडि बढाउन आमधारणा बनेको पनि बताए। चुनावी परिणाम विभिन्न समूहको मिश्रित रुपमा आएको भन्दै उनले यसले पार्टीलाई समूहगत रुपमा पनि सन्तुलित राख्ने बताए। 

प्रकाशित: १९ आश्विन २०७८ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App