coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल टेलिकमको चाडपर्व लक्षित अफर

नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी उपलब्ध गराउने विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको अफर उपलब्ध गराउने भएको छ। उक्त अफर कात्तिक २ गतेसम्म उपलब्ध हुनेछ। यसैगरी तिहार, न्हुँदया र छठको अवसरमा यी अफर कात्तिक १६ देखि २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । 

डाटा प्याकअन्तर्गत दुई सय ९४ मा २० जिबी डाटा १० दिनभित्र र ९८ मा ६ जिबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिनेछ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबिपिएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

भ्वाइस सेवाअन्तर्गत २५ रूपैयाँमा एक दिन प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रूपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रूपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार तीन सय मिनेटको प्याक उपलब्ध हुनेछ । 

प्रकाशित: १९ आश्विन २०७८ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App