६ आश्विन २०८१ आइतबार
image/svg+xml

खोलाले बगाएर रौतहटमा एक युवकको मृत्यु

बकैया नदीभन्दा पारिपट्टी रहेको आफ्नो खेतमा रोपाइँको लागि जाने क्रममा खोला पार गर्न खोज्दा स्थानीय ढेडा चनौका २५ वर्षीय छोरा प्रमोद चनौलाई बाढीको भेलले बगाएर लगेको हो।

बाढीपहिरोले अत्तालिएको मनाङ

हिमाली जिल्ला मनाङ पहिलोपटक भीषण बाढी पहिरोको चपेटामा परेको छ । हिउँदताका बेलाबेला बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आउजाउ रोकिने जस्ता क्षणिक अप्ठेरो भोग्ने गरेको यो हिमाली जिल्लालाई बाढीपहिरोले अत्याएको पहिलो पटक हो ।

थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी

बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर, स्थानीय प्रशासनले अझैसम्म खाद्य अभाव नभएको बताएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए। “कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ”, उनले भने, “हामी कुराभन्दा काममा विश्वास गर्दछौं, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ।”

कांग्रेस भक्तपुरद्वारा ३ लाख ५१ हजारसहित राहत सामग्री सहयोग

राहत सामग्रीमा चामल २ हजार ४७५ केजी, सोयाविन २ सय प्याकेट, चिउरा, दाल, आलु, तेल, नुनलगायतका खाद्यान्न, लत्ताकपडा, औषधिलगायत छन्।

यो वर्ष बाढीपहिरोको उच्च जोखिम, तयारी झिनो

यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ।

बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्धार

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ।

विपदमा प्रदेश सरकारको खेलाँची

लगातार वर्षासँगै कर्णालीका सयौं घर बाढी र पहिरोको उच्च जोखिममा छन्। प्रहरीका अनुसार यस वर्षको मनसुन सुरु भएयता दुई सय ६७ जनाभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्।

भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी

तल्लो तटीय क्षेत्र जोखिममा रहेकाले हेलम्बुको नाकोतेदेखि मेलम्ची हुँदै काभ्रेको दोलालघाटसम्म मनसुन अवधिभर बसोबास नगर्न विज्ञ सुझाव।

मेलम्चीका बाढी पीडितलाई खाद्यान्न सहयोग

द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ। बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव भएकोले खाद्य सामग्री प्रदान गरेका हुन्।

बाढीले समृद्धिको सपना चकनाचुर

सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्‍याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।

मेलम्ची बाढी: हेलम्बुमा क्षति नै क्षति

सुन्दर पर्यटकीय गाउँ हेलम्बु मेलम्ची बाढीले क्षतविक्षत बनाएको छ । अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरोको हेलम्बु बाढीका कारण पूर्ववत अवस्थामा फर्कँन दसौँ वर्ष लाग्ने गरी क्षतविक्षत भएको छ ।

विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने बताएकी छन्।

पाँच दिनमा भारी बर्षापछिको बाढीपहिराेले १६ को मृत्यु, दुई हजार विस्थापित

पछिल्लो पाँच दिनमा भारी बर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।

बाढीपहिरो पीडितलाई १० लाख सहयोग

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढीपहिरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्