६ आश्विन २०८१ आइतबार
image/svg+xml

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

सशस्त्र प्रहरीद्वारा एक वर्षमा सवा ५ करोडको अवैध सामान बरामद

सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ।

मनाङमा दसैअघि गाडी पुग्न मुस्किल

अवरुद्ध भएको सडक पुनः सञ्चालन गर्नका लागि सहज नभएको प्राविधिकहरूले बताएका छन्। सडक सञ्चालका लागि आवश्यक गह्राैँ उपकरण पनि लैजान नसक्दा सडक खुलाउन निकै नै अप्ठेरो भएको उनीहरूको भनाइ छ। पूर्वाधार विकास कार्यालय मनाङका इन्जिनियर प्रल्हाद दाहालका अनुसार कतिपय ठाउँमा सडक पूरै बगेको छ।

मेलम्चीको बाढीले थप तीन घर बगायो

अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ। मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए।

मनाङका बाढी पीडितः घर बनाउन प्रतिपरिवार दुई लाख दिइने

असार पहिलो साताको बाढीपहिरोको चपेटामा परेको हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले विशेष राहत दिने भएको छ ।

बाढीपहिरो प्रभावित छुमगाउँमा उर्जामन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन्। उनले बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो लिएका हुन्।

बाढीको वितण्डा नदाेहोरियाेस भन्दै सिन्धुपाल्चोकमा महायज्ञ

असार १, साउन १७ तथा त्यसपछिको बाढी पहिरोले क्षति पुर्‍याएपछि थप क्षति नहोस् भन्ने कामनासहित सिन्धुपाल्चोकको इच्छेश्वर महादेवको मन्दिर संरक्षण समितिले इच्छेश्वर महादेवको मन्दिर हेलम्बु– ६ पीपलचौर र नदी तटमा महायज्ञ लगाएको छ।

डेढ सय पहिरो पीडितलाई कांग्रेस सांसद लामाको खाद्यान्न कोसेली

बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।

जुम्लामा बाढीपहिरोले बगाएर एकै घरका तीनजनाको मृत्यु

जुम्लामा बाढीपहिरोले बगाएर एकै घरका तीन जनाको मृत्यु भएको छ। जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढीपहिरोले बगाएको हो।

कजवेमा आएको बाढीले बगाउँदा एक जना बेपत्ता

गाडीबाट ओर्लेर कजवेमा कति पानी छ भन्ने हेर्न जानेक्रममा त्यहीबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। पौडेल सँगै उनका बुबा आमा र एक भान्जी सहित अन्य दुई जना समेत गाडीमा सवार थिए।

बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छुः गगन थापा

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेका छन्। थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गरेका हुन्।

सरकारले बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन सकेन: प्रचण्ड

‘सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा तर गर्यो,’ उनले भने, ‘तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढाउन सकेन ।’

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको छ।

मेलम्चीमा विनाशकारी बाढीपहिरो: एक होइन, बहु कारण कारक

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र नेपाल इन्जिनियरिङ एसोसिएसनले गरेका छुट्टाछुट्टै अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटा मात्रै नभएर धेरै कारण जिम्मेवार रहेको देखिएको छ। मेलम्चीको जलाधार क्षेत्र अझै पनि कमजोर छ। कतिबेला कमजोर धरातल खस्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्