२९ वैशाख २०८१ शनिबार
image/svg+xml

विधिपूर्वक समापन गरियो तीज

भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका (तीज)पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्।

आज हरितालिका (तीज) व्रत

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था ,मन्दिरपरिसरमा फोटो खिचे मोबाईल जफतसंगै जरिवाना गरिने

हरितालिका (तीज)पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका(तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो ।

पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा तीज बर्तालुको दर्शनमा सहज

हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्