१२ मंसिर २०८१ बुधबार
image/svg+xml

काँग्रेस नेता गान्धी पक्राउ

'बढ्दो महँगो र बेरोजगारीका बारेमा संसद्मा बोल्न पाइदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,' प्रहरी हिरासतमा परेपछि राहुल गान्धीले भनेका छन्।

सरकारलाई घच्घच्याएर ब्लड क्यान्सर सम्बन्धी सहज उपचारको पहल गर्नुपर्छ: विज्ञ

ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन्।

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमाः समकक्षी मोदीसँग आज वार्ता

देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतका रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।

खराब र उदाहरणीय नेता

जमानाले किनार लगाइसकेको शेरबहादुर देउवा जस्तो अलोकप्रिय पात्रलाई पार्टी र सरकारमा पटकपटक बिराजमान गराउन र छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो बनाइदिन नै मुलुकमा यत्रो उथलपुथल र आमूल परिवर्तन गरिएको थियो त ?

महेन्द्रको ‘रहस्यमय’ मृत्यु

उपचारमा संलग्न डा. सच्चेकुमार पहाडी र डा. मृगेन्द्रराज पाण्डेले हृदयाघातकै कारण राजा महेन्द्रको मृत्यु भएको बताए पनि भारतीय डाक्टर भाटिया चितवन पुगेर उपचारमा संलग्न भएपछि राजाको स्वास्थ्य झन् जटिल हुनु ‘रहस्यमय’ मान्ने पनि छन्।

गान्धीवादी निधि ‘अनाशक्त योग’ साधक

नेपालमा गान्धीका अनुयायी भनेर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह श्रेष्ठ, महेन्द्रनारायण निधि र रामहरि जोशीलाई स्मरण गरिन्छ। नेपालमा अरू पनि गान्धी विचारका अनुयायी र पक्षपाती रहे। राजनीतिमा लागेर स्वतन्त्रता र न्यायका लागि गान्धीको पदचाप पछ्याएका अग्रजलाई नेपाली समाजले गान्धीवादी भनेर चिन्दछ।

बिपी, गान्धी र टोल्सटोय

गान्धीको विकेन्द्रित सत्ता, कुटिर उद्योग र आत्मनिर्भरताको सिद्धान्तलाई केन्द्रमा राखेर कोइरालाले सरकारको आर्थिक नीति बनाए। उनले भनेका छन्, ‘हाम्रो कार्यक्रम मुताबिक हामी ठूला कारखाना खोल्दैनौँ। हामीले स–साना उद्योगबाट आफ्ना आवश्यकता पूरा गर्नुपर्छ। हामीहरूले आफ्नो पेट काटेर, अन्न बेचेकोबाट लुगा लगाउनुपरेको छ। हामीले लगाएका लुगा बाहिरबाट ल्याएका हुन्। कहाँबाट आयो, यसको निमित्त रूपैयाँ ? हामीहरूको मेहनतबाट उब्जेको अन्न बाहिर पठाएर लुगा पाएका हौँ। त्यसको व्यवस्था हामीले गाउँभित्रै गर्नुपर्छ।’

भारतका किसानको समर्थनमा अमेरिकामा प्रदर्शन गर्दा महात्मा गान्धीको प्रतिमामा क्षति

भारतमा भइरहेको किसानको आन्दोलनको समर्थनमा शनिबार अमेरिकाको वासिङ्टनमा गरिएको प्रदर्शन क्रममा त्यहाँस्थित भारतीय राजदूतावासअगाडि राखिएको महात्मा गान्धीको प्रतिमामा क्षति पुगेकाे छ।

भारतद्वारा एम्बुलेन्स र बस प्रदान

भारतले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरूप प्रदान गरेको छ।

भारतीय दण्ड संहिता उल्लंघन गरेको आरोपमा राहुल र प्रियंकासहित दुई सय जनाविरुद्ध मुद्दा

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जनाविरुद्ध मुद्दा लगाइएको छ।

हाथरस हिँडेका राहुल गान्धी प्रहरी नियन्त्रणमा

उत्तर प्रदेशको हाथरसमा दलित युवतीको ग्याङ रेपपछि हत्याको घटनाका पीडित परिवारलाई भेट्न जाँदै गरेका कांग्रेस नेता राहुल गान्धी र प्रयंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राहुल गान्धीद्वारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्।

‘गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री’

भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।

कोरोनाका विरुद्धको लडाइँमा सरकार उल्टो दौडमा: राहुल गान्धी

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताएका छन्। उनले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताएका हुन्।

लकडाउन असफल: राहुल गान्धी

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन्। उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्