१० फाल्गुन २०८२ आइतबार
image/svg+xml

कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने संयोजक दाहालको विश्वास

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गर‍ेका छन्।

पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु

काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको भएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

भड्किएको जनमत फकाउन कामको फेहरिस्त बोकेर कांग्रेसलाई मत माग्दै मुख्यमन्त्री पाण्डे

जनता पुराना दलसँग असन्तुष्ट छन्। त्यही भएर उनीहरू यस पटक मत परिवर्तन गर्ने मुडमा देखिन्छन्।

मोरङमा सुतिरहेका श्रीमानमाथि हतियार प्रहार, श्रीमती पक्राउ

मोरङको सुन्दरहरैँचामा श्रीमानलाई हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घर-घरमा समृद्धिको सन्देश पुर्‍याउन शंकर पोखरेलको आग्रह

नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्‍याउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन्।

बरफ काटेर निर्वाचनको बाटो खुलाइयो

हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम क्षेत्र नार्पा भूमि गाउँपालिकाको नार र फू सम्मको पहुँचमार्ग तत्कालका लागि खुलाइएको छ। सुरक्षाकर्मीको टोलीले पाँचदिन लगाएर बाटोमा जमेको बरफ काटेर पदमार्ग खुलाएको हो। पदमार्ग खुलेसँगै मतदाता घर फर्किन थालेको स्थानीयले बताएका छन्।

निर्वाचनका लागि ४१ संस्थाले पर्यवेक्षण गर्ने

आयोगका अनुसार ४ वटा अन्तर्राष्ट्रिय र ३७ वटा आन्तरिक संस्था गरी कुल ४१ संस्थाले निर्वाचन अनुगमन गर्नेछन्।

रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी आचारसंहिता उल्लंघन गर्‍यो : राप्रपा प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरेकोबताएका छन्।

तीस वर्षदेखि प्रतिस्पर्धामा यादव र महतो, मतदातालाई भने सुक्दै गएको पानीको चिन्ता

मधेशको राजनीतिमा ३० वर्ष बिताइसकेका महेन्द्र यादव र राजेन्द्र महतो सर्लाहीको क्षेत्र नं-२ का प्रतिस्पर्धी छन्। उनीहरुको प्रतिस्पर्धाले सुख्खा क्षेत्र मानिएको सर्लाही-२ गर्माएको छ।

पलाँतामा एमाले प्रवेश गर्नेको लर्को

कालीकोटको पलाँता गाउँपालिकाका ३ सय २५ जना नेता तथा कार्यकर्ताहरू विभिन्न राजनीतिक दल परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन्।

भारतीयका लागि बङ्गलादेशी पर्यटक भिसा पुनः सुरु

बङ्गलादेशले भारतमा अवस्थित आफ्ना कूटनीतिक नियोगहरूबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा सोमबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

नयाँ दलले चुनाव हार्ने डरले झण्डा जलाउने र कार्यकर्ता कुट्ने काम गरे: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हार्ने निश्चित भएपछि केही समूहले एमालेको झण्डा जलाउने र कार्यकर्तामाथि आक्रमण गर्ने जस्ता अराजक गतिविधि सुरु गरेको आरोप लगाएका छन्।

ओलीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै कीर्तिपुरका पूर्व मेयरले छाडे एमाले, नेकपा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं-६ का पूर्व वडाअध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

म बालेनको मान्छे मात्र होइन, क्षमतावान् छु: राजु पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं क्षेत्र नं-३ का उम्मेदवार राजु पाण्डेले आफू बालेन शाहको निकटताका कारण मात्र टिकट पाएको भन्ने आरोपको खण्डन गरेका छन्।

फुङलिङ–८ को सेवा अब आफ्नै भवनबाट

फुङलिङ नगरपालिका वडा नं ८ ले आइतबारदेखि आफ्नै नवनिर्मित भवनबाट दैनिक प्रशासनिक सेवा प्रवाह सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्