८ आश्विन २०८१ मंगलबार
image/svg+xml

टिप्पर दुर्घटनामा २ को मृत्यु, चालक सकुशल

उदयपुरमा आइतबार विहान भएको टिप्पर दुर्घटनामा परी सहचालकसहित दुईजनाको मृत्यु भएको छ। सिराहाको मिर्चयादेखि ओखलढुंगा जोड्ने सिद्धिचरचण लोकमार्गको कटारी–घुर्मी खण्डमा विहान भएको दुर्घटनामा सहचालक र अर्का एकजनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो।

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३ घाइते

बैतडीकाे देहिमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग१ज ४९२१ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगरपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए।

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

उनले चलाएको यूपी ३१ एस ५१७० नम्बरको भारतीय मोटरसाइकल खक्रौलाबाट टीकापुरतर्फ आइरहेको बा १६ च ४७१० नम्बरको जीपमा ठोक्किएको हाे।

जिपको ठक्करले बाबुछोराको मृत्यु

नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४ हरैयामा शनिबार साँझ जिपको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। सडकछेउमा भैंसी चराइरहेका बेला नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा१९च २५८८ नम्बरको स्कार्पियोले अनियन्त्रित भई ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय जयसी राय र उनका छोरा १० वर्षीय लक्ष्मण रायको मृत्यु भएको हो।

त्रिशुलीमा बस खस्यो: मृतकको संख्या पाँच पुग्यो, २९ जना घाइते

घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

अपडेटः त्रिशुलीमा बस खस्यो, तीन जनाको मृत्यु

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

काठमाडौंका लागि छुटेको बस त्रिशुलीमा खस्यो

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गल्छी गाउँपालिकाको वडा नम्बरको आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो।

भैँसी चराइरहेका बाबुछाेरालाई जिपले १३ मिटर परसम्म घिसारेपछि...

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिबार साँझ जीपकाे ठक्करबाट बाबु छोराको मृत्यु भएको छ।

डोल्पामा सडक दुर्घटना बढ्दै

पछिल्लो समय हिमाली जिल्ला डोल्पामा सडक दुर्घटना बढेको छ। भर्खरै खुला गरिएको कच्ची सडक सवारी चालकहरुको लापरवाही र सुरक्षा निकायको कमजोर उपस्थितिका कारण सडक दुर्घटना बढ्दै गएको स्थानीयहरु बताउँछन्। अव्यवस्थित तवरले जिल्लामा भित्रिएका मोटरसइकल,जीप तथा ट्रयाक्टरहरु र सिकारु चालकको लापरवाहीका कारण महिनैपिच्छे सडक दुर्घटना हुने गरेको छ।

भारतमा बस दुर्घटनाः पाँचको मृत्यु, ३० घाइते

भारतको लखनउ —आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु , ३० जना घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

अव्यवस्थित तारले दुर्घटनाको जोखिम

अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै होइन, भक्तपुरलाई कुरूप पनि बनाएको छ। कलात्मक सुन्दर घरलाई नै कुरूप बनाउने गरी सबैतिर माकुरोको जालो जस्तै रहेका तारले आकर्षक घरलाई मात्रै होइन, सिंगो नगरलाई नै कुरूप बनाइदिएको छ।

दुबईमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान दुर्घटनामा परेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट तीन माइल दक्षिणमा विमान दुर्घटना भएको हो। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। विमान बिहीवार साँझ साढे ७ बजे दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जति चौडा सडक, उति नै दुर्घटना

सडक चौडा भएसँगै सडकलाई व्यवस्थित नगर्दा पैदलयात्रु असुरक्षित बनेका छन्। चालकले सवारीसाधन तीव्र रूपमा गुडाउने र पैदलयात्रुले जथाभावी बाटो काट्दा फराकिला सडकमा धेरैको ज्यान जाने गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्