१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुरुङ भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

उत्तरी चीनमा द्रूतसेवाको सुरुङमार्ग भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। अन्य ३७ जना घाइते भएका छन्।

मङ्गलवार दिउँसो २ः३० बजे तिर दुर्घटना भएको चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन्।

अधिकारीहरुका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जीवित व्यक्तिहरूको अवस्थाको गम्भीरताको बारेमा विवरण प्रदान नगरी छुट्टै रिपोर्टमा मारिएका र घाइतेहरूको सङ्ख्या पुष्टि गरेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

रासस

प्रकाशित: ७ चैत्र २०८० १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App