२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हराइरहेका एकजनाको शव फेला

पृथ्वी राजमार्गअन्तर्गत चितवन इच्छाकामना गाउँपालिका– ५ स्थित सिमलधारामा ट्याक्सी दुर्घटनामा परी बेपत्ता भएका एकजनाको शव फेला परेको छ।

गत शनिबार बिहान काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा गोरखा नगरपालिका– ७ पौवाखेतका १८ वर्षीय विवश रोका बेपत्ता भएका थिए।

उनको शव आज बिहान इच्छाकामना गाउँपालिका– ६ कालीखोलास्थित त्रिशूली नदीमा फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा ट्याक्सीमा सवार ६ जनामध्ये पाँचजनाको शव सोही दिन फेला परेको थियो। रोकाको शव पहिचान गरी गोरखा जिल्ला अस्पताल पठाइएको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन्।

प्रकाशित: २१ चैत्र २०८० १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App