२० वैशाख २०८१ बिहीबार
image/svg+xml

बञ्चरेडाँडा संघर्ष समितिसँग आज वार्ता

स्थानीयको सहमतिविनै काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेको भन्दै आन्दोलनरत बन्चरेडाडा संघर्ष समितिसँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ।

अब काठमाडौँ उपत्यकाको फोहोर राति मात्र ढुवानी हुने गरी १८ बुँदे सहमति

काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच गए राति १८ बुँदे सहमति भएको छ। सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो।

फोहोर विसर्जनमा फेरि अवरोध

बञ्चरेडाँडा संघर्ष समितिको अवरोधका बीच त्यहाँस्थित ल्याण्डफिल्ड साइटमा मंगलबार काठमाडौंको केही टिपर फोहोर विर्सजन गरिएको छ।

राजधानीको फोहोर बञ्चरे डाँडामा फाल्न थालियो

काठमाडौंमा नयाँ मेयरको आगमन अगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए। उनले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए ।

बञ्चरेडाँडामा तत्काल फोहाेर व्यवस्थापन नहुने

सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ।

एक खर्ब ६५ अर्ब खर्च गर्दै मन्त्रालय

बञ्चरेडाँडा सेनेटरी ल्यान्डफिल्ड साइडको शिलान्यास भएको छ। काठमाडौं उपत्यकाबाट उत्पन्न हुने फोहोरको दीर्घकालीन व्यवस्थापन तयार पारिएको उक्त परियोजनाको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले बिहीबार शिलान्यास गरे।

वर्षा अगावै फोहोर फ्याँक्न बञ्चरेडाँडा तयार पार्नुस : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षात् अगावै बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सहरी विकास मन्त्रालयलाई अनुरोध गरेका छन्।

भरिन आँट्यो ओखरपौवा, तयार छैन बञ्चरेडाँडा

विगत १२ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर ‘डम्प’ गरिँदै आएको नुवाकोटको ओखरपौवामा अब ६ महिना मात्र फोहर अट्ने आकलन सँगै अब कहाँ फोहोर व्यवस्थापन गर्ने भन्ने प्रश्न उब्जिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्