२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बञ्चरेडाँडा संघर्ष समितिसँग आज वार्ता

फाइल तस्बिर।

स्थानीयको सहमतिविनै काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेको भन्दै आन्दोलनरत बन्चरेडाडा संघर्ष समितिसँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ। फोहोरको विषयमा उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुने भएको हो।

यसअघि सहरी विकास मन्त्रालयले सोमबार काठमाडौँ महानगरपालिकासँगै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेमा फोहोर फाल्ने सम्झौता गरेको थियो।

सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न नगराइएको भन्दै आन्दोलन संघर्षरत समूहले मंगलबार र बुधबार फोहोर फाल्न गएका गाडीलाई अवरोध गरेका थिए। यस क्रममा प्रहरी र स्थानीयविच झडप समेत भएको थियो।

शुक्रबारको वार्तामा सरकार तर्फबाट सहरी विकासमन्त्री रामकुमारी झाँक्री, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्षलगायत सहभागी हुने अपेक्षा छ।

‘भोलि कुनै पनि बेला सरकारसंग वार्ता हुने खबर प्रहरीमार्फत पाएका छौं,’ आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘आशा गरौं, वार्ता सफल हुनेछ।’ यसैबीच काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साह र प्रधानमन्त्री शेर बहादुर देउवाबीच बिहीबार भेट भएको छ।

भेट विशेष गरी काठमाडौं महानगरको फोहरमैला व्यवस्थापनलाई कसरी निकास दिने भन्ने कुरामा केन्द्रित रहेको बताइएको छ। सो अवसरमा प्रधानमन्त्री देउवाले फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधान खोजेर अघि बढ्न मेयर साहलाई आग्रह गरेका थिए।

प्रकाशित: २७ जेष्ठ २०७९ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App