१२ असार २०८१ बुधबार
image/svg+xml

न्यूजील्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्

न्यूजील्याण्डमा बुधबार लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

प्रदेश नं २ मा सिरहाबाहेक सबै जिल्लामा संक्रमण पुष्टि

कूल संक्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ संक्रमित पुगेका छन् । त्यसैगरी बारा र रौतहटमा तीन/तीन, महोत्तरी र धनुषामा दुई/दुई र सर्लाही र सप्तरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो । प्रदेशका आठ जिल्लामध्ये अब सिरहामा भने अहिलेसम्मको जाँचमा संक्रमण देखिएको छैन ।

नेकपा नेता रावलको सुरक्षामा खटिएका थिए संक्रमित सशस्त्र प्रहरी

मंगलबार भक्तपुरमा भेटिएका कोरोना संक्रमित मध्ये एक जना सुरक्षाकर्मी रहेको खुलेको छ। उनी नेकपा नेता भिम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरी समेत हुन्। मंगलबार भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोनासंक्रमण देखिएको थियो।

कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गर्नेको संख्या १६ लाख नाघ्याे

कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार २१२ देश यो महामारीबाट प्रभावित छन् । नेपालमा पनि पछिल्लाे समय तिव्र रूपमा फैलिरहेकाे छ । मंगलबार मात्र थप ८३ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा हाल सम्म २१७ जनामा कोरोना संक्रमण देखिएको छ । ३४ जना उपचारपछि घर फर्केका छन् भने १८३ जनाकाे उपचार भइरहेको छ।

काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा

लकडाउनको एक महिनापछि बिभिन्नि भित्री वाटो लुकिछिपी राजधानी पसेका मानिसहरुको कारण काठमाडौ कोभिड– १९ कै जोखिममा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलवार काठमाडौमा १ र भक्तपुरमा २ जनामा कोरोना पोजिटिभ पाइएको छ।

थप २६ जनामा कोरोना, एकै दिन ८३ जनामा संक्रमण देखियो

मंगलबार राति थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना हुनेमा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन्।

गाउँ भित्रिन नक्कली गर्भवती ! (अपडेट)

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुत्केरी बोकेको एम्बुलेन्समार्फत घर आएका पाँच जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका–१० बाट सुत्केरी महिला बोकेको एम्बुलेन्समार्फत सोमबार गाउँ आएका पाँच जनालाई एम्बुलेन्ससहित नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

रसुवामा अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्तरण (अपडेट)

रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्रण भएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन बाग्मती प्रदेश र कालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा अस्पतालाई मंगलबार बुथ हस्तान्तरण गरिएको हो । कोरोनाको शंकास्पद बिरामीको स्वाब कलेक्सनको लागि यसले सहयोग पुर्‍याउने छ ।

पर्सामा भेटिएका १४ संक्रमितको बागलुङ 'कनेक्सन', दुई जना पत्रकारलाई पनि कोरोना

मंगलबार एकै दिन पर्सामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।यसमध्ये वीरगन्ज महानगरपालिकाका २५ जना र छिपहरमाई गाउँपालिकाका १४ रहेको प्रदेश २ को समाजिकविकास मन्त्रालयले जनाएको छ।

कोरोनाविरुद्ध नलाग्ने सांसदलाई ‘सामूहिक मोबाइल म्यासेज’ (अपडेट)

उदयपुर २ नं. क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद सुरेशकुमार राई (हिमाल) को मोबाइलमा सोमबार राति अबेरसम्म लगातार ‘म्यासेज’को घण्टी बजिरह्यो । सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिवसमेत रहेका उनी प्रायः व्यस्त हुनुपर्दा धेरै नेता/कार्यकर्तासँग बोल्ने माध्यम म्यासेज नै हुनेगर्छ । तर, पछिल्लो म्यासेज भने अधिक संख्यामा एकैखाले र अलि फरक थियो ।

डोजरले खोस्यो रोजगारी : घरमा अन्न छैन, गोजीमा पैसा छैन (अपडेट)

कोरोना त्रासले देश लकडाउनमा गएसँगै करिब १२ हजार बढी रोल्पाली घर आएका छन् । यीमध्ये प्रायः सबै मजदुर हुन् । झोलीझ्याम्टा बोकेर घर फिरेका उनीहरू यतिबेला घर न घाटका भएका छन् । गाउँमा केही इलम गर्न जग्गाजमिन छैन, भएकाहरूको पनि जति मिहिनेत गरे पनि त्यसको उब्जनीले ६ महिना भन्दा बढी खान पुग्दैन ।

पर्सामा निषेधाज्ञा जारी

पर्सामा कोरोना संक्रमितको संख्यामाधेरै वृद्धि भएसँगै जिल्लाप्रशासनकार्यालयले निषेधाज्ञा जारी गरेको छ।वीरगन्जतथापर्सा जिल्लामा कोरोना संक्रमितहरुको संख्या नियन्त्रण गर्न आजमंगलवार साँझ ८ बजेदेखि अर्को आदेश नआएसम्मकालागिनिषेधाज्ञा जारी गरिएको पर्साका प्रमुखजिल्लाअधिकारी विष्णुकुमार कार्कीले बताएका छन्।

म्याग्दीमा भर्ना अभियान सुरु (अपडेट)

जिल्लाको एक गाउँपालिकाले विद्यालय भर्ना अभियान सुरु गरेको छ । सरकारले जारी गरेको लकडाउन लम्बिएपछि पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाले वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै सामाजिक दूरी कायम गरी विद्यालय भर्ना अभियान सुरु गर्ने निर्णय गरेको हो ।

खाडिमा कोरोना संक्रमित १ लाख नाघे, मृत्यु हुने ७ सय नजिक

नेपालीहरुको बाक्लो उपस्थिति रहेको खाडी मुलुकहरुमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या १ लाख नाघेको छ। खाडि मुलुकहरू बहराईन, कुवेत, ओमन, साउदी अरेबिया, कतार र युएईका सरकारी निकायहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार साँझसम्म कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १ लाख ४ हजार ४ सय २८ पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्