१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाउँ भित्रिन नक्कली गर्भवती ! (अपडेट)

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुत्केरी बोकेको एम्बुलेन्समार्फत घर आएका पाँच जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका–१० बाट सुत्केरी महिला बोकेको एम्बुलेन्समार्फत सोमबार गाउँ आएका पाँच जनालाई एम्बुलेन्ससहित नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । भाडा तिरेर सुत्केरी बोकेको को १ च ५८६७ नम्बरको एम्बूलेन्सबाट घर आएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर मंगलबारदेखि १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो ।  

एम्बुलेन्सका चालकलाई समेत क्वारेन्टाइनमा राखिएको छ । प्रेरणा बहुउद्धेश्यीय सहकारी संस्थामार्फत सञ्चालित सो एम्बुलेन्स नियन्त्रणमा लिएर गाउँपालिकामा राखिएको छ । ‘सुत्केरी बोकेर गाउँ आएको एम्बुलेन्सबाट उहाँहरु पनि घर आउनु भएको रहेछ,’ अध्यक्ष राईले भने, ‘हामीलाई जानकारी हुने वित्तिकै सुत्केरीलाई बाहेक पाँच जनालाई क्वारेन्टाइनमा राखेका हौँ । दुरुपयोग भएकाले एम्बुलेन्सलाई पनि नियन्त्रणमा राखेका छौँ ।’  

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा लकडाउनका बेला गाउँ भित्रिनका लागि एक महिलाले गर्भवतीको बाहना गरेको खुलेको छ । केही समयअघि पेटमा सिरानी राखेर गर्भवती भएको वाहना गरेर इटहरीबाट एम्बुलेन्समार्फत घर आएको खुलेको हो । गर्भवती नभए पनि गर्भावस्थामा समस्या आएकाले उपचारमा गएर घर फर्केको बताएकी महिलालाई होम क्वारेन्टाइनमा राखिएको अध्यक्ष राईले बताए । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुरुदेखि नै शहरबाट गाउँ भित्रिनमा कडाई गरिरहेको छ । 

प्रकाशित: ३० वैशाख २०७७ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App