१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पर्सामा भेटिएका १४ संक्रमितको बागलुङ 'कनेक्सन', दुई जना पत्रकारलाई पनि कोरोना

 मंगलबार एकै दिन पर्सामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यसमध्ये वीरगन्ज महानगरपालिकाका २५ जना र छिपहरमाई गाउँपालिकाका १४ रहेको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश २ को समाजिक बिकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मंगलवार जारी गरेको बक्तब्यमा यसको पुष्टि गरे। वीरगन्जको २५ मध्ये २१ जना संक्रमित भने यसअघि संक्रमित पुष्टि भएका ब्यक्तिहरुको कन्टेक्ट ट्रेसिङ्गबाट पता लागेका हुन। बैशाख १४ मा संक्रमित भेंटिएका एक जना ३६ बर्षिय पुरुष र उनको सम्पर्कमा आएकाहरुको परिक्षण गर्दा बैशाख २१ गते संक्रमित पुष्टि भएका १७ जनाको सम्पर्कमा आएको भनी पहिचान भएका ब्यक्तिहरुको स्याब संकलन गरी परिक्षण गराइएको हो। त्यसबाट यि थप २१ संक्रमित भेटिए। अरु चार जना पनि वीरगन्ज महानगरपालिकाकै २४ देखी ४१ बर्ष उमेरका पुरुष रहेको प्रदेशस्थित मन्त्रालयका सचिव घिमिरेले बताए। वीरगन्जबाट संक्रमित पुष्टि भएकाहरु यहाँको २,३,४,१६, १७ र १८ वडाका बासिन्दा हुन। 

मन्त्रालयका अनुसार अर्का एक जना बाराको बिश्रामपुर गाउँपालिका घर भई वीरगन्ज छप्कैया बस्दै आएका १४ बर्षिय किशोर रहेको खुलेको छ। उनको स्वाब पनि वीरगन्ज छप्कैयाबाट नै संकलित गरिएको थियो। त्यसतै गत शनिबार वीरगन्जका ४ जना पत्रकारले थ्रोट स्वाबको नमुना दिएका थिए। त्यसमध्ये २ जनको रिपोर्टमा संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जनाएको छ। ‘वीरगन्ज र पर्सा जिल्लाका अरु क्वारेन्टाइन केन्द्रहरुबाट बैशाख २६ र २७ गते स्वायब संकलन गरी नेपाली सेनाको सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पुर्‍याइएको थियो,’ उनले भने, ‘उक्त स्वायबहरुको सिपोर्ट आउने क्रममा पर्सा जिल्लाको ३९ जना र बाराको जिल्लाको एक जना गरी कुल ४० जनाको (प्रदेश २ मा) स्वाब रिपोर्ट पोजेटिभ आएको छ। ’ चालिस जनामा सबै १२ देखी ५३ बर्ष उमेर समूहका पुरुषहरु रहेको उनले जानकारी दिए। संक्रमित भेटिएकाहरुलाई वीरगन्जको नारायणी अस्पतालमा राखिने घिमिरेले जानकारी गराए। 

संक्रमितको बागलुङ ‘कनेक्सन’ 

त्यसैगरी छिपहरमाइ गाउँपालिकाको भिस्वास्थित श्री मंगल माबिमा क्वारेन्टटाइन बसेका १४ जना पिसिआस परिक्षणमा संक्रमित देखिएका हुन। गत बैशाख १३ गते बागलुङ जिल्लाबाट फर्केका ४३ जनालाई उक्त ठाउँमा क्वारेन्टाइन गरी राखिएको थियो। ति सबै जनाको समेत स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा त्यसमध्ये १४ पोजेटिभ देखिएका हुन भनी घिमिरेले बताए। गत शुक्रबार र शनिवार गरी सय १४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। सुरुमा वीरगन्ज २ छप्कैयाकास्थित एउटा यतिमखाना (आनाथालय)मा बस्दै आएका २६ जना भारतीय मुस्लिम धर्म प्रचारकमध्ये ३ जनामा चैत २८ मा कोरोना पुष्टि भएको थियो। उनीहरुको कन्टेक्ट ट्रेसिङ्गबाट अगाडि बढेको परिक्षणमा यसअघि वीरगन्जमा अरु थप २५ जना संक्रमित फेला परिसकेका छन्। भारतीय ३ जनाको संख्या जोड्दा २८ जना पहिलेदेखी यहाँ संक्रमित रहेकोमा मंगलबार अरु ३९ जना थपिएका हुन। यसै क्रममा गत वैशाख २४ मा वीरगन्ज महानगरपालिका– ३ छपकैयाका एकै परिवारका १७ जनामा कोरोना पुष्टि भएपछि कनट्याक्ट ट्रेसिङ तीव्र पारिएको थियो। बिहीवार, शुक्रबार र शनिबार गरि ८ सय १४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। जसको रिपोर्ट आएपछि पर्सामा संक्रमितको संख्या ह्वातै बढेको देखिएको हो। ३९ जनामध्ये २१ जनको संक्रमण कन्टयाक्ट ट्रेसिङ्गबाट भएको हो भने ४ जनाले शंका दुर गर्न परीक्षण गराएकामध्येका हुन। पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वास्थित श्री मंगल मावि विद्यालयको क्वारेन्टाइनबाट स्वाब संकलन गरिएकामध्ये १४ जना संक्रमित बागलुङबाट आएकोले संक्रमण उनीहरुमा कसरी र कहाँबाट आयो भन्ने खोजीको बिषय भएको छ। निषेधाज्ञा जारीपर्सामा कोरोना संक्रमितको संख्यामा धेरै वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। वीरगन्ज तथा पर्सा जिल्लामा कोरोना संक्रमितहरुको संख्या नियन्त्रण गर्न आज मंगलवार साँझ ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताएका छन्। जिल्ला प्रशासन कार्यालयल पर्सामा साँझ बसेको जिल्ला सुरक्षा समितिको वैठकले निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधनलाई आवागमन निषेध गरिएको छ। त्यस्तै यसअघि जारी भएको सबै ई–पास समेत बुधवारदेखि खारेज गरिएको छ। 

प्रकाशित: ३० वैशाख २०७७ १६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App