१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपालसँगको सम्बन्ध बिस्तारका लागि कुनैपनि तरिका अपनाउन तयार छौँ: लोकसभा सदस्य सुब्बा

भारतको सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले सिक्किम सरकार नेपालसँगको सम्बन्ध बिस्तारका लागि कुनैपनि तरिका अपनाउन तयार रहेको बताएका छन्।

लोकसभामा नेपाली भाषामा शपथग्रहण गरेसँगै चर्चामा आएका सुब्बाले सिक्किम सरकार नेपालसँग हवाई, सडक सञ्जाल, आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध बिस्तारका लागि हर प्रयत्न गर्न तयार रहेको बताएका छन्।उनले पाक्युङ—काठमाडौँको बिचमा हवाई उडान सुरु गर्नका लागि आवश्यक अध्ययन भइरहेको र चाँडै नै हवाई उडान सुरु हुने बताए।

उनले पाक्युङ—काठमाडौँको बिच उडान सुरु भएसँगै पर्यटन र अन्य क्षेत्रहरूमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।उनले नेपाल भारतबिचको सम्बन्ध बिस्तारका लागि आफूहरू प्रयत्नरत रहेको बताए। 

उनले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएपछि नेपाल र सिक्किम सिमानाको चिवाभञ्ज्याङ नाका खोल्न पहल गरिरहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङले धेरै पहल गरेको जिकिर गर्दै सिमानाका सञ्चालनमा आएसँगै नेपालसँगको सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: १५ असार २०८१ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App