१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा

लकडाउनको एक महिनापछि बिभिन्नि भित्री वाटो लुकिछिपी राजधानी पसेका मानिसहरुको कारण काठमाडौ कोभिड – १९ कै जोखिममा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलवार काठमाडौमा १ र भक्तपुरमा २ जनामा कोरोना पोजिटिभ पाइएको छ। 

मानिसहरुको अनियन्त्रित प्रवेशसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंलाई रेडजोनको सूची जिल्ला भित्र राखेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले बताए। सरकारले लकडाउन खुकुलो पारेको विषयमा नागरिकले राखेको जिज्ञासामा उनले यस्तो जवाफ दिएका हुन्। 

‘वीचमा मानिसहरु लुकिछिपी आइदिएपछि पुन रेडजोनमा पुग्यो’ रेडजोनको सूचीमा परेपछि मन्त्रालयले काठमाडौ उपत्यका भित्र कोभिड – १९ परिक्षण नयाँ शैलीमा गरिने गृहकार्य भइरहेको उनले बताए। लकडाउनको वीचमै बाहिर जिल्लावाट मानिसहरु आएपछि मन्त्रालयले काठमाडौमा समेत परिक्षणको दायरा फराकिलो पार्ने तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताए। ‘यस अघिको परिक्षणमा पोजिटिभ देखिएको थिएन,अव फेरी काठमाडौं सहित अन्य जिल्लामा समेत परिक्षणको दायरा फराकिलो परिक्षण हुँदैछ ’डा.अधिकराीले भने। 

एक महिनाको अवधिमा बिभिन्न परिक्षण गर्दा पनि विदेशवाट आएका वाहेक अन्यमा पोजिटिभ नदेखिनु भनेको संक्रमणको कम जोखिमको अवस्था रहेकोमा वीचको स्थितिले जोखिम बढेको मन्त्रालयका अधिकारीहरु स्वीकार्छन्। 

 

 

प्रकाशित: ३१ वैशाख २०७७ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App