१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रसुवामा अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्तरण (अपडेट)

रसुवा- रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्रण भएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन बाग्मती प्रदेश र कालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा अस्पतालाई मंगलबार बुथ हस्तान्तरण गरिएको हो । कोरोनाको शंकास्पद बिरामीको स्वाब कलेक्सनको लागि यसले सहयोग पुर्‍याउने छ ।  

बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सर्न सक्ने जोखिमबाट मध्यनजर गर्दै बुथ सञ्चालनमा ल्याइएको अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए । ‘स्वास्थ्यकर्मीले स्वाब लिँदा कोरोनाको जोखिम हुने भएकाले बुथ स्थापना गरिएको हो,’ उनले भने, ‘यसले पछिका दिनमा अन्य सरुवा रोगको नमुना संकलन गर्दा समेत सहयोग पुर्‍याउने छ ।’  

बुथमा इनलेट अक्सिजन र आउटलेट अक्जिनको व्यवस्था छ । जसमा बुथभित्र रहने स्वास्थ्यकर्मीलाई पर्याप्त अक्सिजन पुर्‍याउँछ । यसअघि स्वाब संकलन गर्दा स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) को प्रयोग गर्ने गरेका थिए । एसोसियसनले बुधबार जिल्ला अस्पताल रसुवालाई पनि बुथ हस्तान्तरण गर्ने छ ।  

 

 

 

प्रकाशित: ३० वैशाख २०७७ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App