रसुवामा लकडाउनको कारण रोकिएका विकास निर्माणका आयोजना सञ्चालनमा ल्याइने
रसुवामा लकडाउनको कारण रोकिएका विकास निर्माणका आयोजनाहरू सञ्चालनमा ल्याइने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणको प्रमुख रणनीति लकडाउन अर्थात बन्दाबन्दीलाई पूर्ण कार्यान्वयन गरेर आयोजनाहरू सञ्चालनमा ल्याउन लागिएको हो ।