३ असार २०८१ सोमबार
image/svg+xml

पाकिस्तानमा बढ्दै कोरोना भाइरसका संक्रमित

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन्।

कोरोना उपचारको अभ्यास सिकाउँदै सेना

क्वारेन्टिनमा एक जना बिरामीलाई कोरोना संक्रमणले च्याप्दै जान्छ । त्यो खबर पाउनसाथ जिल्ला स्तरीय उद्धार टिमले कोरोनाबाट बच्ने उपाए अपनाएर संक्रमितलार्य उपचार गराउन एम्बुलेन्समा अस्पताल लैजान्छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार नाघ्यो

भारतमा सोामबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३८ हजार ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

बन्दाबन्दीमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ।

एकै पटक थपिए ७२ जना, कोरोना संक्रमितको संख्या ६ सय ७५ पुग्यो

सोमबार एकै पटक ७२ जना कोरोना संक्रमित थपिएका छन्। कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वीरगन्जमा १८ जना कोरोना मुक्त भएर घर फर्के, दुई दिनमा २७ डिस्चार्ज

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कारोनाबाट संक्रमण मुक्त भएर आइतबार राति डिस्चार्ज भएका छन्। कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया–३ का एकै परिवारका चार महिने र ६ महिने २ शिशु सहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर मदन उपाध्यायले बताए।

सप्तरीमा थप दुई जना थपिएसँगै संक्रमितको संख्या चार पुग्यो

सप्तरीमा थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या चार पुगेको छ। बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला परीक्षणबाठ डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए।

बडिगाडमा कोरोना परीक्षण गरिने

भारतबाट बडिगाड गाउँपालिका आउने सबै जनाको कोरोना भाइरस (कोभिड१९) को परीक्षण शुरु गरिएको छ। भारतको विभिन्न स्थानमा अलपत्र परेर गाउँपालिकाको सहयोगमा उद्वार गरिएका सबैजनाको कोरोना परीक्षण (पिसिआर( गरिने भएको हो।

कोरोना विषाणु नियन्त्रणमा लापरबाही

सरकारले कोरोना भाइरसविरुद्ध सुरु गरेको बन्दाबन्दी दुई महिना कटिसकेको छ। गत चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएको हो। यस अवधिमा सरकारका अकर्मण्यताका परिणाम अहिले आउन थालिसकेका छ।

बाँकेमा थपिए चार जना नयाँ संक्रमित

बाँकेमा चार जना नयाँ कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला गरिएको परीक्षणका क्रममा बाँके राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २÷२ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिएका छन्।

थप पाँच जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६०८ पुग्यो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानले साँझ विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकाे जानकारी दिएकाे छ ।

कोरोना संक्रमित फरार

जनकपुरस्थित कोभिड अस्पतालबाट एक जना कोरोना संक्रमित पुरुष फरार भएका छन् । मानसिक सन्तुलन गुमाएका हरिपुर्वा नगरपालिका–३ का ४५ वर्षीय पुरुष आइतबार बिहान करिब ३ बजे अस्पतालबाट फरार भएको प्रहरीले पुष्टि गरेको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताएका छन्।

नरैनापुरमा यसरी बढ्यो कोरोना महामारी

बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारसम्म कोरोना संक्रमितको संख्या १ सय १४ पुगिसकेको छ। जिल्लामा कुल १ सय ४२ जनामा कोरोना संक्रमण हुँदा नरैनापुरमा एक सातामै संक्रमित ह्वात्तै बढे।

२४ सयको भिडमा रहेका पाँच जनामा संक्रमण

सुदूरपश्चिममा आइतबार थप एक जनामा संक्रमण देखिएको छ । अछाम मल्लेख गाउँपालिका-४ का ३२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्मिक कक्ष बिभाग प्रमुख जगदिश केसिले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्