राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानले साँझ विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकामा बर्दियामा संकलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको जनाएको छ ।
त्यस्तै, बाँकेको संकलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका–५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।
![](https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/100539362_757793524759111_4711054746859864064_n.jpg)
प्रकाशित: ११ जेष्ठ २०७७ १९:३८ आइतबार