१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

२४ सयको भिडमा रहेका पाँच जनामा संक्रमण

सुदूरपश्चिममा आइतबार थप एक जनामा संक्रमण देखिएको छ । अछाम मल्लेख गाउँपालिका-४ का ३२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्मिक कक्ष बिभाग प्रमुख जगदिश केसिले बताएका छन्। 

यस अघि शनिबार बैतडी शिवनाथ गाउँपालिका १ र २ का चार जनामा संक्रमण फेला परेको थियो । संक्रमित पाँच जना नै गत  बिहिबार भारतबाट सिमामा प्रवेश गरेका हुन्। उनीहरु बिहिबार दुई हजार चार सय ९८ जनाको भिडमा थिए ।

प्रवेश गराएका मध्ये केही जनाको र्यापिड जाँच गरिएको थियो आरडीटी जाँच गर्दा १२ जनामा पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालमा आईसोलेसनमा राखिएको थियो । उनीहरुको पिसिआर बिधिद्वारा जाँच गराउदाँ शनिबार चार र आईतबार एक जनामा संक्रमण पुष्टि भएको जोशीले बताए । नेपाल प्रवेश गरेका मध्ये अधिकाशंको जाँच गरिएको छैन्। उनी सँगै सिमाबाट प्रवेश गराइएका सबैलाई बिभिन्न जिल्लामा स्थानिय तहमा पठाइएको छ । 

यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या १५ जना पुगेको छ । शुक्रबार एकैदिन पाँच जना संक्रमण देखा परेको थियो । भने यस अघि संक्रमण भएका पाँच जना निको भएर घर फर्केका छन्। संक्रमितहरु मध्ये पाँच जनाको सेती प्रादेशिक अस्पताल,तीन जना टीकापुर अस्पताल, एक जना डडेल्धुरा अस्पताल र एक जनाको बैतडी अस्पतालमा उपचार भैरहेको छ ।

सुदूरपश्चिममा ४० दिनपछि शुक्रबारवाट पुन संक्रमण देखा पर्न थालेको हो । सुदूरपश्चिममा चैत १४ गते धनगढी उपमहानगरपालिका-५ का दुबईबाट घर फर्केका ३४ बर्षिय युवामा पहिलोपटक संक्रमण देखिएको थियो । उनी नेपालको चौथो संक्रमित थिए । त्यसपछि चैत २२ गते एकैदिन तीन जना र वैशाख १ गते लम्कीको ६१ वर्षिय महिलामा देखिएको थियो । ११ दिन देखि ३५ दिन सम्म उपचारपछि निको भएर घर फर्केका थिए ।

प्रकाशित: ११ जेष्ठ २०७७ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App