९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा बढ्दै कोरोना भाइरसका संक्रमित

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन्। विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४८  संक्रमित थपिएका बताइएको छ।  

पाकिस्तानमा संक्रमित मध्येका  १ हजार १६७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन्। वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तानमा आइतबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ।  

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ। त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन्।    

संक्रमितहरुमध्ये १७ हजार ४८२ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ। अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३७ हजार ७०० जना संक्रमितले उपचार गराइरहेको जनाएका छन्।  

प्रकाशित: १२ जेष्ठ २०७७ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App