२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पुलिस सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएपछि विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने

मोरङको बुढीगंगा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालका उद्योगलाई आवश्यक जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम सुरू गरेको छ।

अंकितको शतकमा प्रदेश-१ लाई सफलता

अंकित सुवेदीको शतकमा मंगलबार प्रदेश–१ ले समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशमाथि ६९ रनको जित निकाल्दा दिनको अर्को खेलमा एपिएफले लगातार दोस्रो जित निकालेको छ।

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

कार्यक्रममा उपकुलपति प्रा.डा. अर्यालले शिक्षक तथा कर्मचारीको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उँचो राख्न सेवा आयोग सक्षम हुने विश्वास व्यक्त गरे।

त्रिविको करार पदपूर्तिबारे २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ।

सुन्दरहरैंचामा बिरामीलाई सास्ती

मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिंदा बिरामीलाई कठिनाइ हुने गरेको छ।

नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छः मन्त्री गहतराज

'अब खेललाई हामीले शिक्षाको रुपले अगाडी बढाउने पहल सुरु गरेजस्तै हामीले एउटा पहल थालौँ। सांस्कृतिक विश्वविद्यालयको कन्सेप्टभित्र कसरी लाने? सबैलाई जीवन दिने मानिसहरुको तेरो सर्टिफिकेट कति हो भनि सोध्नुपर्ने जस्तै। उसले डिग्री हासिल गर्न मार्कसिट त लिनै पाउँदैन नि।'

साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन

साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो।

त्रिवि सेवा आयोग अध्यक्षको नियुक्ति खुला प्रतिस्पर्धाबाट

प्रा.डा. टंकप्रसाद धमला भन्छन्– त्रिवि स्थापनाको ६३ वर्षको इतिहासमा पहिलोपटक खुला आवेदन माग गरिएको छ। यसले अब विश्वविद्यालयमा सही र योग्य व्यक्ति छनोट हुने र विश्वविद्यालय राजनीतिमुक्त हुने संकेत दिएको छ; जुन प्रशंसनीय कार्य हो।

पोखरा विश्वविद्यालयः नयाँलाई सम्बन्धन दिन खोज्दा आन्दोलन

उनी भन्छन्, ‘बेला न कुबेला, धौबजी मेला’ भनेको यहि हो। विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्नुको सट्टा थप सम्बन्धन बाँडनुको कुनै औचित्य छैन।’ थप सम्बन्धन बाँडेर विश्वविद्यालयलाई के फाईदा हुन्छ? भन्ने प्रश्न गर्दै उनले भने, यसमा ओपेनको हस्तक्षेप प्रष्ट देखिन्छ। भिसी र रजिस्टार आर्थिक प्रलोभनमा परेको पनि प्रष्टै छ।’

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने सोचाइ छ तर आर्थिक अवस्था राम्रो छैनः प्रधानमन्त्री

'हामी छिटै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ। तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन। तरपनि सुरुवात गर्ने हाम्रो सोचाइ छ। सुरुवात गर्नेर्छाैं। त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु।’

काठमाडौँ विश्वविद्यालयमा योग शिक्षा अध्यापन सुरु

अन्तर्राष्ट्रियरुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यतासमेत विकसित भइरहेकाले त्यसलाई मध्यनजर गरेर विश्वविद्यालयले यस विषयको पठनपाठन सुरु गरेको जनाएको छ।

त्रिविमा बेथितिः नेविसघं दिउँसै मैनबत्ती बालेर पदाधिकारी खोज्दै, पदाधिकारी जति युरोपमा

आन्दोलन र तालाबन्दी गर्ने पनि नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ र स्वीकृत दिने पनि कांग्रेसकै सभापति शेरबहादुर देउवा

त्रिविद्वारा चार भारतीय विश्वविद्यालयको समकक्षता स्थगन

बाह्य देशको विश्वविद्यालय वा शैक्षिक निकायबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेपछि मात्र ती विद्यार्थीले आधिकारिक रूपमा नेपालमा पेसा व्यवसाय गर्न पाउने कानुनी व्यवस्था छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

प्रदेशको समुन्नत विकासका लागि यस क्षेत्रमा विश्वविद्यालयको आवश्यकतालाई मध्यनजर गरी खजुरामा रहेको विश्वविद्यालयलाई आवश्यक पर्ने ९० विघा जग्गा उपलब्ध गराउन सक्षम भएको जनाएपछि खजुरामा प्राविधिक विश्वविद्यालयको प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री केसीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्