१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. तीर्थराज अर्याल र सदस्य प्रा. डा. उमानाथ बराललाई स्वागत गरिएको छ।

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा. डा. दीपकबहादुर भण्डारीले नवनियुक्त सेवा आयोगका अध्यक्ष र सदस्यलाई खादा ओढाइ स्वागत तथा बधाई दिएका छन्।  

कार्यक्रममा उपकुलपति प्रा.डा. अर्यालले शिक्षक तथा कर्मचारीको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उँचो राख्न सेवा आयोग सक्षम हुने विश्वास व्यक्त गरे। रजिष्ट्रार भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको बताउँदै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनोटमा आयोगको योगदान महत्वपूर्ण रहने बताए। सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्यालले प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा लिँदै विश्वविद्यालयको नियम, कार्यविधिअनुसार आयोगका काम कारबाही अगाडि बढाउने उल्लेख गरे।

सदस्य प्रा डा उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताए।  कार्यक्रममा सहप्रशासक तारादेवी सापकोटा लगायतले बोलेका थिए।

विश्वविद्यायको सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम उनीहरू उक्त पदमा चार वर्षका लागि नियुक्ति भएका हुन्। प्रा. अर्याल अङ्ग्रेजी र प्रा. डा बराल राजनीतिक शास्त्रका प्राध्यापक हुन्।

प्रकाशित: १५ कार्तिक २०७९ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App