१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

शिक्षामन्त्रीको राजीनामामा प्रधानमन्त्रीमाथि आक्रमण गर्नु नियोजित : विष्णु रिजाल

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित भएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै रिजालले यस्तो बताएका हुन्। उनले शिक्षामन्त्री भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ प्रसंग उल्लेख गर्दै यही निहुँमा प्रधानमन्त्री ओलीमाथि आक्रमण गर्नु नियोजित भएको जिकिर गरे।

रिजालले लेखेका छन्, 'शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ भनिन्छ। जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन। यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ।'

समस्याका बीचमा पद छाडेकी मन्त्रीको देवत्वकरण गर्ने र उनलाई मन्त्री बनाउने प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक भएको उनको भनाइ छ। उनले भने, 'समस्याका बीचमा पद छाड्नुभएकी मन्त्रीको देवत्वकरण गर्ने र उहाँलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक छ।'

प्रकाशित: ९ वैशाख २०८२ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App