५ मंसिर २०८१ बुधबार
image/svg+xml

पहिरोले मुग्लिन सडक अवरुद्ध

चितवनको कालीखोलामा पहिरो खसेर आज बिहानदेखि मुग्लिन सडक अवरुद्ध भएको छ । राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

लामाबगरमा पहिरो जाँदा दुईको मृत्यु, पाँच बेपत्ता

दोलखाको लामाबगर-४ छ्योत्छ्योत् भन्ने स्थानमा गएराति पहिरो जाँदा दुई जनाको पुरिएर मृत्यु भएको छ। पाँच जना बेपत्ता छन्। मृत्यु हुनेमा बटुले तामाङ र पेममाया तामाङ रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन कार्कीले जानकारी दिए।

साउनयता बाढीपहिरोमा एक सयभन्दा बढीको मृत्यु

बाढीपहिरो, डुबानजस्ता प्रकृति प्रकोपका घटनामा परेर साउनको पहिलो सातादेखि हालसम्म १३१ को मृत्यु भएको छ। व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले सो अवधिमा देशका विभिन्न भागमा भएका ती प्राकृतिक प्रकोपका घटनामा परेर २४ जना बेपत्ता हुनाका साथै ६६ जना घाइते भएको विवरण प्रस्तुत गरे।

प्युठानका बाढी पहिरो पीडितलाई जिग्री–पाँडेको राहात

कठमाडौं– हाँस्य कलाकार कुमार कट्टेल(जिग्री) र अर्जुन घिमिरे(पाँडे)ले स्थापना गरेको जिग्री–पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढीपहिरो पीडितलाई राहात वितरण गरेको छ। भूकम्पपछि सामाजिक सक्रिय प्रतिष्ठानले प्युठानको लुङ–६, बहाने पुगेर बाढीपहिरो पिडितलाई सहयोग वितरण गरेको हो।

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

पहिरोको कारण उच्च जोखिममा परेको जिल्ला कारागार शाखा खोटाङका कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। निरन्तर परेको वर्षाका कारण गत साउन–१६ गते आइतबार उत्तर–पूर्वतर्फ करिब ५० मिटर फराकिलो पहिरो गएपछि जोखिममा परेको कारागारका कैदीलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि आयोगले गृह–मन्त्रालयलाई निर्देशन दिएको हो।

कर्णाली राजमार्गमा चट्टाने पहिरो, २ दिनदेखि यातायात ठप्प

कालिकोट– कर्णाली राजमार्गमा पर्ने कालिकोटको सदरमुकाम नजिकै चट्टाने पहिरो खसेको छ। पहिरो खसेपछि कर्णाली राजमार्गमा संचालित यातायातको आवागमनमा समस्या उत्पन्न भएको छ। सडकनै अबरुद्ध हुने गरी आइतबार खसेको पहिरो अझै हटाउन सकिएको छैन ।

मुग्लिनको पहिरोले उपत्यकासम्मै जाम

काठमाडौं-दैनिकजसो जाने पहिरोका कारण मुग्लिन–नारायणगढ राजमार्गखण्डमा रोकिने सवारीसाधन एकैपटक छुट्दा पृथ्वी राजमार्गदेखि राजधानीसम्मै जाम हुने गरेको छ।

पहिरोले २ लाख रुपैयाँबराबरको अलैंची पुरियो

भोजपुर– शनिबार रातीको भीषण वर्षले भोजपुरको पश्चिमी तिम्मा पेक्लुमा पहिरो जाँदा अलैंची खेती पुरिएको छ। पहिरोले स्थानीय तिम्मा ५ का सन्जिव राई, प्रमोद राई, रामकुमार राई र शिवध्वज राईको अलैंची खेती पुरिएको हो।

‘लाइभ’ पहिरो पछ्याउँदा...

एउटा घत लाग्दो कुरा के छ भने नारायणगढ–मुग्लिन सडकमा प्रायः देखिने एउटा दृश्य अचेल लगभग लोप भएको छ। त्यो के हो भने यो सडकमा नेता, मन्त्री र उच्च तहका कर्मचारीहरु अचेल हिड्नै छाडेका छन्। त्यसैले यहाँ चिल्ला गाडीमा स्कर्टिङमा हिड्नेहरु हिजोआज भेटिदैनन्। उनीहरुसँग आरामदायी विकल्प छ–त्यो हो हवाई यात्रा। त्यसैले भुक्तभोगी यात्रुहरु के पनि गुनासो गर्छन् भने–यहाँको दुःख साधारण नागरिकलाई मात्र थाह हुन्छ, नेता, मन्त्री र उच्च तहका कर्मचारीहरुलाई यहाँको पीडाबोध पटक्कै छैन।

सेनाद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

काठमाडौँ- नेपाली सेनाले देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट पीडितको उद्धार तथा राहत वितरण कार्य जारी राखेको छ।

म्याग्दीको शिखमा पहिरोले दुईतले घर भत्कियो, एकको मृत्यु

म्याग्दीको शिख गाविस–२ टोल्केबासमा शनिबार विहान पहिरोले घर भत्किँदा एकको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोले घरमा भत्किँदा ८६ वर्षीय आइतसिंह दमाईको मृत्यु भएको छभने उनकी श्रीमती ८३ वर्षीया रुपा दमाई घाइते भएकी छन्। विहानपख पहिरोले घर भत्किँदा बृद्ध दमाईको ज्यान गएको हो।

पहिरोमा आफन्त गुमाउँदा...

फोप्ली–६, की गोमा पोखरेल केसी लुङमा पहिरो गएको खबर फेसबुकमा अपलोड गरिरहेकी थिइन्। त्यतिखेर आफ्नै घर पनि पहिरोमा पर्ला भन्ने उनले सोचेकै थिइनन्। 'सुरुमा त पत्याइनँ,' उनले भनिन्, 'आखिर, पहिरोले घर बगाउँदा आफन्त र छिमेकी परेे।' उनले पहिरोमा सासू–ससुरा गुमाउन पुगिन्।

पहिरोबाट पीडितलाई राहत र उद्धारमा सकस

बाढी र पहिरोबाट पीडितलाई राहत र उद्धारकालागि सकस परेको छ। जिल्ला प्रशासन कार्यालय एवं जिल्ला दैवी उद्धार प्रकोप समितिको सुस्तताका कारण पीडितले समयमै राहत पाउन सकेका छैनन् । सोमबार रातिदेखि अबिरल वर्षाका कारण पहिरोको क्षति उच्च रहेपनि बुधबार बिहानमात्रै दैवी प्रकोप उद्धार समितिको बैठक बसेको थियो।

बाढी-पहिरोको भोग

सोमबार र मंगलबारको अविरल वर्षाका कारण आएको बाढी र गएको पहिरोमा परेर मानवीय क्षति कति भयो? बुधबार प्रकाशित पत्रपत्रिका, रेडियो, टेलिभिजनले आ–आफ्नै तथ्य पस्किएका छन्। महत्वका साथ समाचार प्रकाशन, प्रसारण गरिएको छ र विस्तृतमा बाढी, पहिरोमा परेर मृत्यु हुनेहरूको बेपत्ता विवरण दिइएको छ तर एउटाको तथ्याङ्क अर्कोसँग नमिल्नुको पछाडिका कारण के छन्?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्