५ मंसिर २०८१ बुधबार
image/svg+xml

बाढिपहिरो पीडितलाई तत्काल उद्दार र राहत देउः उपेन्द्र यादव

काठमाडौं– संघीय समाजवादी फोरमले बाढिपहिरोको प्राकृतिक विपत्मा परेकाहरुलाई तत्काल उद्दार र राहत सहयोग पुर्याउन सरकारलगायत सरोकारवालासँग माग गरेको छ। बाढिपहिरो र डुबानका कारण तराई तथा पहाडका जिल्लाहरुमा हजारौं घर डुबानमा परेका, पहिरोमा बगेका तथा सयौंले ज्यान गुमाएका तथा कयौं व्यक्ति जोखिममा फसिरहेको भन्दै उक्त पार्टीले राहत सहयोग तथा उद्दार कार्य तत्काल अघि बढाउन आग्रह गरेको हो।

पहिरोको उच्च जोखिममा ४५ परिवार

बैतडी– बैतडीको गोकुलेश्वर ३५ र सित्तडमा १० गरी ४५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गोकुलेश्वर वडा नं ४, ६ र ९ का ३५ परिवार पहिरोको जोखिममा रहेको स्थानीयवासी राम नाथले जानकारी दिए।

प्युठानमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २४ पुग्यो, २० बेपत्ता

प्युठान जिल्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २४ जना पुगको छ। यी मध्ये ७ जनाको शव बुधबार बिहान फेला परेको हो। १७ जना शव मंगलबार दिउँसो भेटिएको थियो। त्यसैगरी बेपत्ता हुनेको संख्या २० पुगेको छ। बुधबार बिहान मात्रै फोप्ली–६,मा ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले घर बगाउँदा मृत्यु हुनेमा नारायण केसी, दोर्णबहादुर केसी, पवित्रा केसी, जाहेश्वर बुढाथोकी, पिमा बुढाथोकी, हरिबहादुर केसी र बिन्दु केसी हुन्।

पहिरोले भक्तपुरका भूकम्पपीडितको उठिबास

भक्तपुर-चारदेखि परिरहेको अविरल वर्षाले पहिरो आउँदा भक्तपुरको नगरकोट सडक छेउछाउका बस्ती पहिरोको जोखिममा परेका छन्। भूकम्पले घर भत्केपछि सडक छेउछाउ टहरा बनाएर बसेका पीडित चार दिनयताको अविरल वर्षासँगै पहिरो जान थालेपछि टहराबाट पनि उठिबास भएका छन्।

बाढीपहिरोमा ४२ को मृत्यु

काठमाडौं-अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोमा मंगलबार कम्तीमा ४२ को मृत्यु भएको छ। १० घाइते छन्, २५ हराइरहेको सुरक्षा अधिकारीले जनाएका छन्।

बागलुङमा तीनको मृत्यु, बाढीपहिरोले २६ घर बगायो

काठमाडौं– अविरल वर्षासँगै आएको बाढी, पहिरोले बागलुङमा मानवीयसहित करोडौंको क्षती भएको छ। पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन् भने २६ घर बाढीले बगाएको छ। मृत्यु हुनेमा राजकुत—७ का सन्तबहादुर तामाङकी छोरी तुजी तामाङ(८), डिकी तामाङ(२२) , दर्लिङ—७की यमुना बुढा(१८) छन्।

स्याफ्रूबेँसीमा पहिरो गएपछि कारोबार ठप्प

धुन्चे (रसुवा)– पहिरोका कारण मंगलबार बिहानदेखि स्याफ्रू– टिमुरे खण्डको सडक अवरोध हुँदा नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ। निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत इलेक्टिसियन सानो कान्छा तामाङअनुसार वृदिम गाविस–१ फ्याङ्लुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पुर्याएको छ।

पहिरोले घर पुरिँदा ४ को मृत्यु

पाल्पा- अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा पाल्पामा एउटै परिवारका ३ सहित ४ जनाको ज्यान गएको छ। गोठाडी–५, दमारमा पहिरोले घर पुर्दा ४५ वर्षका तामबहादुर कनौजे, उनकी श्रीमती खगीसरा कनौजे र छोरी यसोदा कनौजेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पुर्याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन्।

पहिरोले सात घर पुरियो, १ को मृत्यु

लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्ग सडक खण्डअन्तर्गतको दोभान झुम्सामा पहिरो खस्दा ७ घर पुरिएका छन्। घर पुरिँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको। पहिरोले घर पुरिँदा तिलोत्तमा उच्च माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत अस्मिता विकको मृत्यु भएको छ।

पहिरोले कोसी राजमार्ग पुरियो

धनकुटाको खुरिलामा गएको पहिरोले कोसी राजमार्ग पुरिएको छ । लगातार बर्षा भएपछि सोमबार विहान पहिरो झरेको थियो । ठूलाठूला ढुंगा झरेको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

पहिरोले चार परिवार विस्थापित

घर माथिबाट झरेको पहिरोका कारण ताप्लेजुङको नाल्बुमा चार घर परिवार विस्थापित भएका छन्। आइतबार नाल्बुु गाविस– ५ मा पहिरो झर्दा श्यामबहादुर साँवा, समिर नाल्बो, सन्जमान श्रेङ चोङवाङ र मनिहाङ श्रेङ चोङवाङको परिवार विस्थापित भएका हुन्।

पहिरो छलेर ट्र्याक खोलिँदै

भोटेकोसी बाढीले दुई सातादेखि अवरुद्ध उत्तरी सीमा–नाका तातोपानी सडकमार्गले जोड्न नयाँ ट्र्याक खन्न थालिएको छ। अरनिको राजमार्गको आधा खण्ड (सिन्धुपाल्चोक) हेर्ने डिभिजन सडक कार्यालय चरिकोटले सातादेखि नाका जोड्ने प्रयास जारी राखेको छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट- 'दुई दिन भईसक्यो पहिरो गएको अझै हटाउन सकिएको छैन। एसमोडमा अलपत्र परियो। न त बस्ने बास छ न त खाने गास छ। ठूलो दुःख पाइयो।'

पृथ्वी लोकमार्गमा जताततै पहिरो

मलेखु (धादिङ)– पृथ्वी लोकमार्गअन्तर्गत मुग्लिन–नौबिसे खण्डका विभिन्न स्थानमा आएको पहिरोले सडक यातायात पटकपटक अवरुद्ध भएको छ। वर्षा सुरु भएपछि आउन सुरु गरेको पहिरोका कारण लोकमार्गको यातायात व्यवस्था पटकपटक प्रभावित हुने गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्