२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

लामाबगरमा पहिरो जाँदा दुईको मृत्यु, पाँच बेपत्ता

दोलखा- दोलखाको लामाबगर-४ छ्योत्छ्योत् भन्ने स्थानमा गएराति पहिरो जाँदा दुई जनाको पुरिएर मृत्यु भएको छ। पाँच जना बेपत्ता छन्। मृत्यु हुनेमा बटुले तामाङ र पेममाया तामाङ रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन कार्कीले जानकारी दिए। उनका अनुसार पातमाया तामाङ, मंगले तामाङ, छेसाङ तामाङ, तिसरी तामाङ र सतमाइ तामाङ बेपत्ता छन्। त्यस्तै पहिरोले मीनबहादुर तामाङको खुट्टा भाँच्चिएको छ। 

पहिरोले तीन घर बगाएको डिएसपी कार्कीले जानकारी दिए। अविरल वर्षाका कारण पहिरो झर्दा स्थानीयवासीलाई उद्धार गर्न समस्या परेको थियो। 

सो पहिरोबाट ५३ वर्षीय चिनियाँ नागरिक ची नामका पनि घाइते अवस्थामा भेटिएको राससले जनाएको छ। उनको खुट्टा भाँचिएको छ भने एक स्थानीयवासीलाई पनि घाइते अवस्थामा प्रहरीले उद्धार गरेको बताएको छ। 

घाइतेलाई उपचार गर्न लैजान हेलिकप्टर मगाइएको र नआउँदा समस्या भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक खेमबहादुर थापामगरले बताए। अहिले पहिरोका कारण सिङगटी तामाकोसी क्षेत्रको बाटो अवरुद्ध भएको छ । अर्का घाइते मीनबहादुर ठकुरीलाई एम्बुलेन्समार्फत सदरमुकाम ल्याइँदै गरेको पनि बताइएको छ ।

प्रकाशित: १६ भाद्र २०७३ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App