विद्या रार्इ
भोजपुर– शनिबार रातीको भीषण वर्षले भोजपुरको पश्चिमी तिम्मा पेक्लुमा पहिरो जाँदा अलैंची खेती पुरिएको छ।
पहिरोले स्थानीय तिम्मा ५ का सन्जिव राई, प्रमोद राई, रामकुमार राई र शिवध्वज राईको अलैंची खेती पुरिएको हो। अलैंची बगान पहिरोले पुरिँदा करिब २ लाख रुपैयाँ बराबरको क्षती भएको पहिरो पीडित सन्जिव राईले बताए।
वर्षाका कारण गाविसको विभिन्न स्थानमा पहिरो जाँदा खेतवारी बगाउने, बाटो अबरुद्ध हुने र विभिन्न खोलामा सञ्चालनमा रहेका साँधु सागु समेत बगाएको छ ।
प्रकाशित: १७ श्रावण २०७३ १०:५५ सोमबार