४ पुस २०८१ बिहीबार
image/svg+xml

खेतमा सिँचाइ नहुँदा किसान चिन्तित

राष्ट्रिय गौरव आयोजनामा सूचीकृत बबई सिँचाइ आयोजना कार्यालयमा गत आर्थिक वर्षमा तीनजना आयोजना प्रमुख आए।

बबईको मूल नहर असुरक्षित, बर्सेनि करौडौं लगानी खेर

२०७१ साल साउन अन्तिममा बबईमा आएको बाढीले बबई सिँचाइ अन्तर्गतकोे मूल नहर डुबानमा पर्दा पश्चिम नहर प्रणालीको पाँच किलोमिटर क्षेत्रमा क्षति पुग्यो।

तीन दशक भयो, बबईको मूल नहर अपूरै

एकीकृत र भरपर्दो सिँचाइको लक्ष्य लिएर तीन दशकअघि निर्माण सुरु गरिएको राष्ट्रिय गौरव आयोजना बबई सिँचाइको मूल नहर निर्माण अझै पूरा भएको छैन।

बबईमा बाढी आउने संकेत, सचेत रहन प्रशासनको आग्रह

आइतबार रातिदेखिको अविरल वर्षाले बबई नदीको जलस्तर खतराको संकेत नजिक पुगेको छ। बबईमा विहान जलस्तर ३ दशमलव ५ मिटर रहेको थियो। जलस्तर बढदै गएर ५ दशमलब ८ मिटर पुगेको जिल्ला प्रशासन जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

अवलोकनकर्ताको रोजाइमा भेरी–बबई सुरुङ

सडक सव–डिभिजन कार्यालय डोल्पाका इन्जिनियर जगन्नाथ खनालको मनमा खुल्दुली थियो– मेसिनबाट खनेको सुरुङ कस्तो होला ? सुरुङ खन्ने मेसिन(टिबिएम)लन्च भएको थाहा पाएका खनालले मनमनै वाचासमेत गरिसकेका रहेछन्– डोल्पाबाट झरेपछि जसरी पनि मेसिनबाट खनेको सुरुङ अवलोकन गर्छु।

भेरी–बबई डाइभर्सन आयोजना ६ महिनामा चार किलोमिटर सुरुङ

नेपालमै पहिलोपटक भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम)ले ६ महिनामा चार किलोमिटर सुरुङ खनेको छ । राष्ट्रिय गौरवको यो आयोजनामा कात्तिक २० गते (नोभेम्बर ६) देखि टिबिएम प्रयोग गरिएको थियो।

तत्काल थप रकम नदिए भेरी–बबईको काम प्रभावित हुने

सरकारले तत्काल थप बजेट व्यवस्थापन नगरे भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम प्रभावित हुने भएको छ । राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले चालु आर्थिक वर्षको बजेटमा ८८ करोड रूपैयाँ छुट्ट्याएको छ । यसमा ६७ करोड रूपैयाँ पुँजीगततर्फको बजेट हो । आयोजनाले बजेट अपुग हुने भन्दै यही आवका लागि थप चार अर्ब रूपैयाँ मागेको छ । सोहीअनुसार सिँचाइ मन्त्रालयले थप बजेट व्यवस्थापन गरिदिन अर्थ मन्त्रालयसँग अनुरोध गरेको थियो । तर, अर्थले उक्त रकम हालसम्म उपलब्ध गराउन सकेको छैन ।

भेरी–बबई डाइभर्सनमा विकास हेर्नेको घुइँचो

नेपाल प्रहरीका जागिरे नेपालगन्ज, गणेशपुरका रबिन खड्कालाई धेरै अघिदेखि एउटा उत्सुकता थियो– मेसिनबाट सुरुङ खनिन्छ भन्छन्, कस्तो होला ! उनी यही उत्सुकता मेट्न घरबिदामा आएको बेला मोटरसाइकल चढेर निर्माणस्थल (सुर्खेत, हात्तीखाल) मै पुगे ।

भेरी-बबईलाई चार अर्ब अपुग

राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि यो वर्ष चार अर्ब रुपैयाँ अपुग हुने भएको छ ।

भेरी–बबई आयोजनामा पाँच सयलाई रोजगारी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजार सम्म कमाउँदै आएका छन् ।

भेरी–बबईमा नोभेम्बरदेखि टिबिएमबाट सुरुङ

लामो प्रतीक्षापछि आइपुगेको अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) ले आउँदो नोभेम्बरदेखि सुरुङ खन्न थाल्ने छ । चीन र अमेरिकामा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनाको कार्यस्थलमा ल्याएर जडान गर्न थालिएको छ।

बबईको बाढीले बर्दिया डुबानमा, हजारौं विस्थापित

बबई नदीमा आएको बाढीले बर्दियामा हजारौं विस्थापित भएका छन्। गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिका अधिकांश भूभाग डुबानमा परेका छन्। बबईको बाढी अहिलेसम्मकै ठूलो बाढी भएको बताइएको छ।

मध्य र पश्चिम तराईमा भारी वर्षा हुने, बबई, राप्ती र बगमतीको पानी सतह खतरा तहमाथि

मनसुन सुरु भएयता पहिलो पटक न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) चुरे र महाभारत पर्वतबीचको आकाशमा केन्द्रित भएकाले शुक्रबार बिहानदेखि मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ। तीन दिनअघि नेपाल भित्रिएको यो प्रणालीले शुक्रबार बिहानदेखि भारी वर्षा गराएको मौसमविद्ले बताएका छन्।

बबई नदी बस्ती पस्यो, गुलरियासहित ४ नगरपालिका उच्च जोखिममा

शनिबार बिहानदेखि उच्च बहाव रहेको बबई नदी बालापुर हुँदै बस्ती पसेको छ। बबई नदी बस्तीतिर सोझिएपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको छ। नदी बस्ती पसेको खबरपछि गुलरिया बासी त्रस्त बनेका छन्।

बबई र कर्णालीमा पानीको बहाब उच्च, कान्द्राको बाढीले पशुचौपाया मरे

र्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्