बेहुलीझैं सिँगारियो प्रवेशद्वार
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण पूरा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार टनेलको ब्रेक थ्रु गर्ने कार्यक्रम तय गरिएको छ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण पूरा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार टनेलको ब्रेक थ्रु गर्ने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रमका लागि भेरी किनारको चिप्ले बेहुली झैं सिंगारिएको छ।
मुलुकमा तोकिएका समय र लागतमा आयोजना निर्माण सम्पन्न भएका उदाहरण ज्यादै कम छन्। अहिले मुलुकको रोग नै तोकिएका अवधि र बजेटमा आयोजना सम्पन्न नहुनु हो। तर यहीबीच ठूलामध्ये एक भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम तोकिएकै बजेटभित्र समय सीमाभन्दा एक वर्ष छिटो सकिएको छ।
तोकिएको समय र लागतमा अधिकांश ठूला आयोजनाको निर्माण सम्पन्न हुन नसकेको बेला राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा भने फरक अवस्था देखिएको छ।
हरेक स्थानीय तहलाई जस्तै दाङस्थित बबई गाउँपालिकालाई पनि संघीय सरकारमार्फत निर्देशन आयो– एक करोड रुपैयाँभन्दा माथिका योजनामा मात्रै डोजर प्रयोग गर्नू। केही समयअघि मन्त्रिपरिषद्बाटै भएको यो निर्णय कार्यान्वयनका लागि गरिएको निर्देशनलाई बबई गाउँपालिकाले लत्याइदियो।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त काउन्टर बैंकको सुर्खेत शाखा अन्तर्गत रहेको बैंकले जनाएको छ।
बहुप्रतिष्ठित आयोजना भेरी बबई डाइभर्सनबाट बबई नदीमा खसालेको पानी किसानको खेतसम्म पुर्याउन बबई सिँचाइ आयोजनाले नहर निर्माण कार्यलाई तीव्र पारेको छ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सनमा निर्माण गरिएको सुरुङ करिब चार वर्ष उपयोगहीन हुने भएको छ। सरकारी निकायले विकासका आयोजना सञ्चालन गर्दा सही योजना र सरोकारवाला निकायसँग समन्वय गर्न नसक्दा करिब १२ अर्ब रुपैयाँमा निर्माण भइरहेको सुरुङ उपयोगहीन हुने भएको हो।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण अन्तिम चरणमा पुगेको छ। नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम)ले मंगलबारसम्म ११ हजार एक सय मिटर सुरुङ निर्माण गरेको छ। आयोजनाले फागुन १५ भित्र ‘ब्रेक थ्रु’ (निर्माण सम्पन्न) गर्ने तयारी गरेको छ। सुरुङको लम्बाइ १२ हजार मिटर हो। ‘अब नौ सय मिटर सुरुङ निर्माणको काम बाँकी छ, टनेल ‘एक्जिट’का लागि भेरीको चिप्लेमा प्लेटफर्म निर्माण सम्पन्न गरिसकेका छौं,’ आयोजना प्रमुख सञ्जीव बरालले भने, ‘फागुन १५ भित्र टनेल निर्माणको काम सम्पन्न हुन्छ।’
केही दिनअघि बबई गाउँपालिकाले ठेक्का लगाएका खोलाबाट जथाभाबी उत्खनन गरिरहेको अवस्थामा भेटिएका स्काभेटर र केही टिपरलाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लियो। स्काभेटर र ती टिपरधनीलाई अनुगमन समितिले कागज गराएर छोडिदियो। तर आफूले ठेक्का लगाएका खोलामा हस्तक्षेप गरेको भन्दै बबई गाउँपालिका जिल्ला अनुगमन समितिविरुद्ध खरो रुपमा उत्रियो। गाउँपालिकाले जिल्ला समन्वय समितिका संयोजक नेतृतवको अनुमगन समिति विकास निर्माणमा बाधक बनेको आरोप लगायो।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सिक्टा तथा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अध्ययन प्रतिवेदन पारित गरेको छ । समितिको मंगलबार बसेको बैठकले उपसमितिले पेश गरेको प्रतिवेदन पारित गरेको हो ।
बर्दियाको बारबर्दिया नगरपालिकामा पर्ने कतरनियामा सञ्चालित बबई पोलिक्लिनिकले गलत उपचार गरी बिरामीको अंगभंग गरेर लाखौं रुपैयाँ ठगिरहेको तथ्य सार्वजनिक भएको छ ।
गुलरिया नगरपालिका–१ बर्दियाका भीमबहादुर सुनार राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा संलग्न भएको सात महिना भयो।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले भेरी नदीको चिप्लेमा बाँध (ड्याम) निर्माण गर्दा लेखबेसी नगरपालिका–१ का गेहेन्द्र पाण्डेको घर, मिलसहित एक बिघा जमिन डुवानमा पर्छ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसक्दा बाँध र विद्युत्गृह निर्माणको टुंगो लागेको छैन। यसले आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका बढाएको छ।