४ वैशाख २०८१ मंगलबार

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

बाढीपहिरोले पछिल्लो एकसाता पोखरा जोडने स्थलमार्ग झन्झटिलो बनेको छ। यसले यात्रामा बाधा उत्पन्न गराएको छ। स्थलमार्ग हुँदै आउजाउ गर्ने भारतीय पाहुना पनि यतिबेला घुमघामका लागि निस्कन नसकेको व्यवसायीले बताए। एकसाताको अवधिमै पर्यटन क्षेत्र सुस्ताउन पुगेको व्यवसायीको भनाई छ। व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायातको पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिडडुल पनि कम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्