९ मंसिर २०८१ आइतबार
image/svg+xml

गुप्तचर प्रमुखमा खरेल ल्याउने तयारी

मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको छ। तीन वर्षे कार्यकाल सकिएपछि अधिकारी अनिवार्य अवकाशमा जान लागेका हुन्।

मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिएपी मल खरिदमा भ्रष्टाचार गरेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १२ जनाविरुद्ध १ अर्ब ५३ लाख २२ हजार बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको छ।

प्रधानमन्त्री देउवाले विद्यार्थी सप्लाई गर्नेहरुलाई साथ दिएः ओली

उनले स्कुल, कलेज बन्द गर्न सो सम्झौंता भएको र त्यसबारे बुद्धिजीविहरुले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गरे।

चिसो भुइँमा जान्छ रात

संविधानमै नागरिकलाई खान लगाउन व्यवस्था हुँदा पनि सरकारले आफूलाई अनागरिकको दर्जा दिएको उनी बताउँछिन्। ‘हामी पनि यही देशको नागरिक हौँ,’ उनले भनिन्, ‘तर राज्यले हामीलाई नागरिक सम्झेन।’

सुरक्षा सावधानी

प्रायः सबै निर्माणको आयु हुन्छ। सडक, पुल, भवन वा यस्तै अन्य आयोजना कहिले निर्माण भएको हो ? त्यसको नियमित जाँच र अनुगमन कहिले गर्नुपर्ने हो भन्ने अभिलेखन आवश्यक हुन्छ। यी सबै सुरक्षाका बारेमा ध्यान दिँदामात्र सर्वसाधारणले सुरक्षित महसुस गर्न सक्छन्।

प्रधानमन्त्रीद्वारा तमु ल्होसारको शुभकामना

प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लाहपूर्वक मनाउन आग्रह गरेका छन्।

संघीयताको सारतत्व

मुलुकमा सात प्रदेशमा मन्त्रालय संख्या ४९ वटामात्र बनाइएकामा अहिले यो संख्या बढाएर ७० पुर्‍याइएको छ। मन्त्री बनाउन मन्त्रालय पटक–पटक फुटाउनु आफैँमा संघीयताको विकृत अभ्यास हो।

ललिता निवास जग्गा प्रकरणः कर्मचारीलाई किर्ते मुद्दा नेतालाई उन्मुक्ति!

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका नेता तथा उच्च तहका कर्मचारीलाई छाडेर तल्लो तहका केही सीमित कर्मचारी र संलग्न जग्गा कारोबारीलाई मात्रै सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा चलाउने तयारी गरेको हो।

दिल्लीमा कोभिड सङ्क्रमण दर बढेपछि सावधानी अपनाउन नागरिकलाई सुझाव

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि प्रशासनले सावधानीका लागि नागरिकसँग आग्रह गरेको छ।

प्रदेश २ को नाम र राजधानी टुंग्याउन समिति गठन

सहमतिमा प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो।

घूस लिनेमा उपसचिव स्तरका कर्मचारी बढी

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले एउटै मुद्दामा पनि एक व्यक्ति धेरैपटक गन्ती हुँदा उपसचिव स्तरको कर्मचारीमाथि बढी मुद्दा लागेको देखिएको बताए।

सुनसरीबाट अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको पनि एसपी थापाले बताए।

सात दिनभित्र आरक्ष पीडितको समस्या समाधान हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरुको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

लाभकर छली प्रकरण: बोटलर्स नेपालविरुद्ध साढे दुई अर्ब रुपैयाँको मुद्दा दायर गर्ने तयारी

आन्तरिक राजस्व विभागले गत पुस २ गते बोटलर्स नेपाल लिमिटेडका पूर्वअध्यक्ष शुक्ला वासनसहित १५ जनालाई एक साताभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको थियो। तर, उनीहरू सम्पर्कमा आएका छैनन्।

एमसिसी नेपालको हितमा छ: देउवा

उनले थपे, 'एमसिसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन। राम्रोसँग बुझ्नुपर्यो।’ उनले सबै सदलसँग सहमति भएपछि एमसिसी पास हुने पनि बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्