सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले
माओवादी केन्द्रले सरकार गठनका लागि सत्ता गठबन्धनमा आबद्धबाहेक दलसँग पनि सहकार्य गर्न सक्ने जनाएको छ तर एमालेसँग भने कसैसँग कुराकानी अघि बढाएको छैन।
माओवादी केन्द्रले सरकार गठनका लागि सत्ता गठबन्धनमा आबद्धबाहेक दलसँग पनि सहकार्य गर्न सक्ने जनाएको छ तर एमालेसँग भने कसैसँग कुराकानी अघि बढाएको छैन।
विवादका कारण रोकिएको स्याङ्जा २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ। निर्देशनसँगै त्यहाँ मतगणना प्रक्रिया अघि बढाउन पहल भइरहेको छ। दोलखाका केही मतदान केन्द्रमा बिहीबार मतदान हुँदैछ।
जिल्ला प्रशासन कार्यालय बाजुरा अगाडि नेकपा एमालेले अनशन सुरु गरेको पार्टी सचिव भरत थापाले बताएका छन्।
एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपातिकमा १७ सिट गुमाउनुपरेको निष्कर्ष निकालिएको हो।
कपिलवस्तुमा समाुनपाति तर्फ एमालेले सबै भन्दा बढी मत ल्याएको छ। जिल्लामा समानुपातिक तर्फ बढी मत ल्याउने नेकपा एमाले पहिलो पार्टी भएको हो।
ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको दुबैको समानुपातिकतर्फ एमालेले बढी मत ल्याएको छ।
स्थानिय तहको निर्वाचनमा कास्कीका ५ पालिका मध्ये २ पालिका प्रमुख तथा पोखराका ३३ वडामध्ये ११ वटा वडामात्रै जितेको एमाले कमजोर बनेको विश्लेषण गरिएको थियो। तर एमालेले फेरी एक पटक आफू कमजोर नरहेको जनमतबाट पुष्टि गरेको छ।
बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै विवाद बढेपछि स्याङजा–२ को मतगणना अझै सुरु हुन सकेको छैन। एमालेले त्यहाँ पुनः मतदानको माग गरेको छ। त्यस्तै कांग्रेसले पनि एमालेलाई त्यही क्षेत्रका विभिन्न मतदान केन्द्रको बुथ कब्जा गरेको आरोप लगाएको छ। जिल्लाको विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन्।
प्रदेश १ मा नेकपा एमाले पहिलो पार्टी हुने देखिएको छ। प्रदेश १ का २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये हालसम्म एमालेले दुई वटा निर्वाचन क्षेत्रमा जित निकालिसकेको र ११ स्थानमा अग्रता कायम गरिरहेको छ।
एमाले सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट झिनो मतान्तरसहित प्रतिनिधिसभामा विजयी भएका छन्।
नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ।
कास्की क्षेत्र नम्बर–३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले शुरुवाती अग्रता लिएका छन् । चार सय मत गणना सम्पन्न हुँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई २७ मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन्।
दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ। ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन्।
उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए। उनले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तिब्र बनाइरहेको बताए।