१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

परराष्ट्र मन्त्रीको चीन भ्रमणप्रति रिजालको टिप्पणीः कति फुर्सदिला मन्त्री?

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणप्रति सत्ता गठबन्धन दलकै नेताले आलोचना गरेका छन्।

परराष्ट्र मन्त्री श्रेष्ठ आजदेखि ९ दिने भ्रमणका लागि चीन तर्फ जाँदैछन्। त्यही विषयलाई लिएर सत्ता गठबन्धन दल नेकपा एमालेका नेता विष्णु रिजालले आलोचना गरेका हुन्।

उनले आफ्नो सामाजीक सञ्जाल एक्स (ट्वीटर) मा लेख्दै भनेका छन्, ‘कति लामो भ्रमण हो? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ?,’ रिजालले प्रश्न गरेका छन्, ‘२०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो। दुनियाँले के भन्छ होला? अलिकति त ख्याल गर्नुपर्ने होइन र?’

परराष्ट्र मन्त्री श्रेष्ठ अहिले बिहान १०ः४५ बजे चीन तर्फ प्रस्थान गर्दैछन्।

प्रकाशित: ११ चैत्र २०८० १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App