१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उपनिर्वाचन: बझाङ-१ मा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार

वैशाख-१५ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले) ले बझाङ-१ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बझाङ-१ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: ११ चैत्र २०८० १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App