१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

क्रान्तिकारी कम्युनिष्ट पार्टीको विद्रोही समूह नेकपामा समाहित

चुरे भावर पार्टीसँग एकता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एउटा समूह समाहित भएको छ ।  

पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एकता पक्षधर समूह समाहित भएको हो । क्रान्तिकारी पार्टीका बोलिटब्युरो सदस्य भिम चापागाईँको नेतृत्वमा रहेको समूह नेकपा प्रवेश गरेको हो । उक्त समूहलाई नेकपाका संयोजक पुष्पकमल दाहाल, नेता बामदेव गौतमसहितका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

पेरिसडाँडामा नै आयोजित अर्को कार्यक्रममा चुरे भावर पार्टी नेकपामा समाहित भएको छ । उक्त पार्टीका अध्यक्षसहितका नेताहरुलाई संयोजक दाहालले स्वागत गरेका थिए । 

तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच गत कार्तिक २० गते एकता भएपछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा विभिन्न दल तथा समूहहरु समाहित हुने क्रम चलिनै रहेको छ । 

प्रकाशित: १३ माघ २०८२ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App