२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

चितवनवासीलाई बालेनले भने- सभापति यहीँबाट उठ्नुभएको छ, किन टेन्सन लिनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चितवनवासीका समस्या समाधान गर्न सिङ्गो पार्टी पंक्ति प्रतिबद्ध रहेको भन्दै ढुक्क हुन आग्रह गरेका छन्।

शुक्रबार चितवनमा आयोजित परिवर्तनको उद्घोष सभालाई सम्बोधन गर्दै उनले स्थानीयलाई आश्वस्त पार्दै भने, ‘तपाईंहरू किन टेन्सन लिनुहुन्छ ? पार्टीको सभापति नै यहीँबाट उठ्नुभएको छ।’

चितवनको जनसागर र उनीहरूको उत्साह देख्दा आफूलाई धेरै खुसी लागेको बताउँदै नेता शाहले विकास निर्माण र जनजीविकाका सवालमा चितवनवासीले अब चिन्ता लिनुनपर्ने प्रष्ट पारे।

‘सभापतिज्यू, हामी सबै पार्टीका नेतागण, कार्यकर्तादेखि लिएर तपाईं-हामी सबै मिलेर अब देश बनाउने हो। तपाईंहरूका समस्या र पुरै देशको समस्या समाधान गर्ने हो,’ उनले भने।

नेता शाहले चुनाव र विभिन्न अभियानका क्रममा करिब सात/आठ हजार किलोमिटर यात्रा गर्दै ४५-५० वटा जिल्ला घुमेको अनुभव पनि सुनाए। देश दर्शनका क्रममा आफूले कृषि र पर्यटन क्षेत्रमा लगभग उस्तै प्रकृतिका समस्या देखेको उनले उल्लेख गरे।

‘देशभरिका समस्याहरू उस्ताउस्तै रहेछन्, तर त्यहाँ एउटा गुड न्युज पनि छ,’ शाहले थपे, ‘एउटा जिल्लामा भएको समस्याको समाधान देशकै अर्को जिल्लामा रहेछ। त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ रास्वपा।’

प्रकाशित: १५ फाल्गुन २०८२ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App