१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदेश संसद् डा. डिम्पल झाको निधन

मधेस प्रदेश संसद् डा. डिम्पल झाको निधन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेश प्रदेश सभाकी संसद् डा. झाको उपचारको क्रममा शनिबार राति निधन भएको हो।

स्थानीय तह निर्वाचन: वीरगन्जमा एमाले र लोसपामा तालमेल घोषणा

वीरगन्ज महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आसन्न स्थानीय तह निर्वाचनका लागि औपचारिक घोषणा भएको छ।

कांग्रेस–एमालेसँग समानान्तर संवादमा लोसपा

स्थानीय चुनावमा एमाले र कांग्रेसमध्ये एकसँग गठबन्धन गर्ने पार्टीको नीति छ। त्यसका लागि शीर्ष नेताहरूले एमाले र कांग्रेसका नेतासँग अनौपचारिक संवाद र छलफल गरिरहनुभएको छ। तर पनि गठबन्धन कांग्रेसभन्दा एमालेसँग हुन्छ कि जस्तो छ।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन्।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

लोसपा फुटाएर तमलोपा जन्माउन गृहकार्य

निर्वाचन आयोगमा कसैले तमलोपा दर्ता गर्न नसकोस् भनी बिर्खेशचन्द्र लालले आफूनिकट एक व्यक्ति रविशंकरलाल कर्णलाई आयोगमा तमलोपा दर्ता गर्न लगाएका छन्। लालले अब आफैं अगाडि आएर यस अभियानको अगुवाइ गर्ने तयारी गरेका छन्। एक दुई दिनभित्रै उनले यस अभियानको औपचारिक घोषणा गर्दैछन्।

मधेस प्रदेशमा एमाले–लोसपा सहकार्य

लोसपा स्रोतका अनुसार यो सहकार्य आगामी निर्वाचनसम्म जाने प्रबल सम्भावना छ। ‘पाँचदलीय गठबन्धनमा नभएका दलले अर्को गठबन्धन गर्न सक्छन्। यो स्वाभाविक पनि हो,’ लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले भने, ‘त्यसैले आगामी चुनावसम्म एमाले र लोसपाबीच सहकार्य हुने सम्भावना छ ।’ तर आगामी चुनावसम्म सहकार्य गर्ने सहमति भने भइनसकेको उनले बताए।

जसपा–लोसपा मधेस मन्थन

जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुर समूह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि दुबै दल मधेसभित्र आफ्नो जनाधार मन्थनमा व्यस्त बनेका छन्।

६ वटा भए राष्ट्रिय पार्टी

नयाँ दर्ता भएका दुई पार्टीले संघीय संसद्मा स्थान पाएका छन्। निर्वाचन आयोगले शुक्रबार नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको पत्र संसद् सचिवालयमा पठाएको थियो।

विग्रहको वस्तुस्थिति

एकीकरणजस्तो विभाजनलाई सकारात्मक रूपमा लिने वातावरण नहुन सक्छ।तर, राजनीति सुधार हुँदै गएको खण्डमा विभाजनको औचित्य पुष्टि हुन सक्छ।नवगठित दलहरू मात्र होइन, पुरानाले समेत आन्तरिक लोकतन्त्र सुदृढ गर्दै बृहत्तर हितका निम्ति अगाडि बढ्ने परिपाटी विकास गर्नु उचित हुन्छ।अन्यथा, अहिलेको विग्रह यतिमै टुंगिनेछैन।

लोसपाको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

निर्वाचन आयोगबाट बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीको पहिलो कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको धारणा तथा आगामी कार्यनीति र रणनीतिबारे बैठकले निचोड निकाल्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

सनाखतका लागि लोसपाका नेताहरु निर्वाचन आयोगमा

जसपाका पूर्व अध्यक्ष समेत रहेका महन्थ ठाकुर आयोगले जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्