८ वैशाख २०८१ शनिबार
राजनीति

सनाखतका लागि लोसपाका नेताहरु निर्वाचन आयोगमा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि निवेदन दिएका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न महन्थ राजेन्द्र महतो सहितका नेताहरु निर्वाचन आयोग पुगेका हुन्।

जसपाका पूर्व अध्यक्ष समेत रहेका महन्थ ठाकुर आयोगले जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ। 

सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ। प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन्।

प्रकाशित: ९ भाद्र २०७८ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App