२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश संसद् डा. डिम्पल झाको निधन

मधेस प्रदेश संसद् डा. डिम्पल झाको निधन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेश प्रदेश सभाकी संसद् डा. झाको उपचारको क्रममा शनिबार राति निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा. झाको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लोसपा मधेस प्रदेशको सरकारमा रहँदासम्म राज्यमन्त्री समेत रहेकी डा. संघीय संसद् तथा लोसपा नेता अनिलकुमार झाकी पत्नी हुन्।

रौतहटको दुर्गा भगवती गाउँपालिका मत्सरी निवासी डा. झालाई अन्तिम संस्कारका लागि आइतबार दिउँसो मात्र ल्याइने भएको छ।

लोसपा नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा डा.झाको शवमा पार्टीको झन्डा ओढाएर सम्मान प्रकट गर्दै श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ। पार्टीको कार्यक्रमपछि डा. झाको शवलाई दिउँसो रौतहट ल्याइने भएको छ।

आइतबार दिउँसो २ बजे मत्सरीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतको भनाइ छ। डा. झाको निधनपछि लोसपा कार्यकर्ताहरु शोकमा डुबेका छन्।

प्रकाशित: ११ वैशाख २०७९ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App