७ आश्विन २०८१ सोमबार
image/svg+xml

आठ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

पुल निर्माण अलपत्र अवस्थामा छ। बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ। निर्माणका क्रममा पुल दुईपटक भत्कियो। सो क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए। पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन।

चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ

चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

स्कार्पियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती राधा पंङ्गेनीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाँटीमा हड्डी अड्किएर एकको मृत्यु

अष्टमीको साँझ करिब साढे सात बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणघाटमा दशैँ फुड् एण्ड म्यूजिक फिस्टा हुने

कार्यक्रममा एज ब्याण्डको सांस्कृतिक प्रस्तुति समेत रहने छ। ६० स्टल रहने फुड् एण्ड म्यूजिक फिस्टा दिउँसो २ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। ३५ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रममा पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको अध्यक्ष भट्टले जानकारी दिए।

वर्षमा तीन लाख आँखा बिरामीको उपचार

नेपाल नेत्रज्योति संघ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत एकवर्षमा झण्डै तीन लाखलाई सेवा दिएको छ।

चितवनमा डेंगी सङ्क्रमणबाट एकको पुरुषको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा डेंगी रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन्।

चितवनमा जापानीज इन्सेफलाइटिसबाट एक वृद्धाको मृत्यु

‘१५ वर्ष अगाडि चितवनमा महामारीकै रुपमा फैलिएको थियो। त्यतिखेर कालिका शक्तिखोर क्षेत्रमा केही मानिसको मृत्यु भएको थियो,’ केसीले भने ‘नयाँ संरचना बनेपछि जापानीज इन्सेफलाइटिस भेटिएको पहिलोपटक हो।’

नरभक्षी बाघलाई नियन्त्रण गर्न सीसीटीभी जडान

बस्ती क्षेत्रमा बाघ देखिएपछि क्यामेरा जडान गरेर बाघको खोजी गरिएको तिवारीले बताए। हिजोदेखि बाघ नियन्त्रणका लागि सात वटा हात्ती, नेपाली सेना, निकुञ्ज प्रशासन तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी खटिएका छन्। बाघ बेला बेलामा बस्ती क्षेत्रमा देखिएकाले बाघलाई नियन्त्रणमा लिन परेको उनले बताए।

प्रचण्डसँग पूर्वमन्त्री पाण्डे भिड्ने

संविधानसभा सदस्य हुँदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लागेका थिए। २०७३ मा भूमिसुधार मन्त्रीहुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए। २०७४ मा चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने–आउने सुविधाप्राप्त बाटोमा उनकै पहलमा प्रवेश शुल्क निःशुल्क भएको थियो।

मनिट्रान्सफर लुटेको आरोपमा एक जना पक्राउ, हराएका २६ थान मोबाइल फेला

साथै उनले प्रयोग गरेको बा.प्र.०३–००१ ह १२६३ नम्बरको अटो, २ थान धारिलो हतियारसहित १ लाख ६७ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ। सुनारले भदौ २६ गते दिउँसै ट्रान्सफरमा कार्यरत कर्मचारीलाई धारिलो हतियार देखाएर २ लाख ४ हजार २५० रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

चितवन कलेजको निःशुल्क डायलायसिस सेवा नरोक्न माग

चितवन कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गौला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन्।

दाहालविरुद्ध कांग्रेस असन्तुष्ट पक्षले उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन लड्ने लगभग निश्चितजस्तै छ। कांग्रेस केन्द्रीय नेतृत्वले सबै क्षेत्रमा पार्टीका नेतालाई उम्मेदवार नबनाए असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ।

चितवन गोल्डकप फुटबलमा सिमरा विजयी

चितवनमा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमरा विजयी भएको छ। आज (आइतबार) साँझ नारायणगढको क्याम्पाचौरमा समपन्न भएको खेलमा मकवानपुर ११ लाई ३–१ ले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्