८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचण्डसँग पूर्वमन्त्री पाण्डे भिड्ने

पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएका छन्। राप्रपा चितवनले यसअघि नेकपा (माओवादी केन्द्र) भिडेको अध्यक्षपूर्वमन्त्री पाण्डेलाई क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको हो।

राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले पूर्वमन्त्री पाण्डेलाई यसपाली फेरि क्षेत्र नम्बर ३ बाट जिताउने गरी अभियान सुरु भएको बताए। उनले प्रदेशतर्फ ३ (क) मा गिरिबहादुर तामाङ ज्ञानजंग, ३ (ख) मा प्रदेश सांसद तथा राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङको नाम सिफारिस भएको जानकारी दिए।

ढकालका अनुसार क्षेत्र नम्बर ३ राप्रपाको बलियो जनआधार भएको क्षेत्र हो। राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले तत्कालीन क्षेत्र नम्बर ५ मा पूर्वमन्त्रीले गरेका कामले चुनाव जित्न सहज रहेको दाबी गरे। २०७० मा दोस्रो संविधानसभा चुनावमा गठबन्धन नहुँदा पाण्डेले एमाले, काँग्रेस, माओवादी उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए।

संविधानसभा सदस्य हुँदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लागेका थिए। २०७३ मा भूमिसुधार मन्त्रीहुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए। २०७४ मा चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने–आउने सुविधाप्राप्त बाटोमा उनकै पहलमा प्रवेश शुल्क निःशुल्क भएको थियो।

उनको कार्याकालमा माडी चक्रपथ, रिउ करिडोर जस्ता दीर्घकालीन महत्वका योजनाहरु अगाडी बढेको भण्डारीले बताए। भरतपुर–२७ मेघौलीमा बेतरी खोलामा पुल, नारायणी तटबन्धन, रिउ तटबन्धन, मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि मेसजाली राख्ने लगायतका कामहरु भएका थिए।

२०७४ मा गठबन्धनका कारण विजयी हुन नसकेका पाण्डे यसपाली जित्ने रणनीतिमा छन्। पाण्डेले विगतदेखि माडी, मेघौली, जगतपुर लगायतका हालको ३ नम्बर क्षेत्रलाई आधार बनाउँदै समाजिक कामहरु समेत गर्दै आइरहेका छन्। राप्रपा नवलपुरले नवलपुर-१ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन सिफारिस गरेको छ।

प्रकाशित: २८ भाद्र २०७९ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App