२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चितवनमा डेंगी सङ्क्रमणबाट एकको पुरुषको मृत्यु

फाइल तस्बिर

पूर्वी चितवनको रत्ननगरमा डेंगी रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन्। 

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार  डेंगी सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो। अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए। 

जिल्लामा हालसम्म चार सय २९ जनामा डेंगीको सङक्रमण पुष्टि भएको छ। दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा  डेंगी देखिएको हो। जिल्लामा भेटिएका  डेंगीका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन्।रासस

प्रकाशित: ४ आश्विन २०७९ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App