१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घाँटीमा हड्डी अड्किएर एकको मृत्यु

चितवनमा मासु खाने क्रममा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ। कालिका नगरपालिका वडा नम्बर ८ स्थित गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो।

अष्टमीको साँझ करिब साढे सात बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मासु अड्किएपछी उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याईएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि भरतपुर स्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो। त्यहाँ कलेजले मृत्यु भएको घोषणा गरेको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७९ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App